Successfully Copied

उज्यालो रंगको पहिरन चाँडो सुक्छ।

सुतीको कपडाले गर्मीमा शीतल गराउँछ साथै यो मौसममा पानी पर्दा हल्का चिसो पनि हुन्छ । त्यसैले सुतीको पहिरनले न्यानो गराउँछ । पानीमा भिज्यो भने पनि चाँडै सुक्छ ।



यतिबेला पानी पर्ने भए पनि गर्मी पनि उत्तिकै हुन्छ । त्यसकारण यो मौसममा सुतीको कपडा नै उपयुक्त हुन्छ । सुतीको कपडाले गर्मीमा शीतल गराउँछ साथै यो मौसममा पानी पर्दा हल्का चिसो पनि हुन्छ । त्यसैले सुतीको पहिरनले न्यानो गराउँछ । पानीमा भिज्यो भने पनि चाँडै सुक्छ । यो फेब्रिक स्वास्थ्यमैत्री हुनुका साथै जोकोहीलाई सुट गर्छ । प्रकृतिबाट उपलब्ध भएकाले यसले हाम्रो शरीरलाई हानि पुर्याउँदैन ।


सुतीको कपडाको स्ट्यान्डर्ड नै बेग्लै छ । यसको महत्व बुझ्नेले अन्य फेब्रिक नै प्रयोग गर्न मान्दैनन् । म पहिरन डिजाइन गर्दा सुती र खादीको फेब्रिक नै बढी प्रयोग गर्छु । यो मौसममा उज्यालो रंगको प्रयोग गर्नुपर्छ । गाढा रंगको प्रयोग गर्नुपरेमा त्यसमा हल्का रंगले संयोजन मिलाइदिनुपर्छ । जस्तो साउनमा हरियो लगाइन्छ त्यसमा हल्का पहेंलोको सेड दिन्छौं यी दुईको संयोजनले गर्मी महसुस हुँदैन । हल्का हरियो, पिंक, हल्का पहेंलो, हल्का नीलो रंग यो मौसमका लागि उपयुक्त हुन्छ । यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै उज्यालो रंगको कपडा भिज्यो भने चा“डै सुक्छ । शरीरको तातोले पनि सहजै सुक्छ । 

 Image