Successfully Copied

दाँतका लागि ब्रेसेस

सेरामिकबाट बनाइएको ‘ह्वाइट ब्रेसेस’ नै सेरामिक ब्रेसेस हो भने दन्तलहरको पछाडिबाट पनि लगाउन मिल्ने ‘गिङ्गोल ब्रेसेस’ हो । त्यस्तै, इन्भिजिलाइन भनेको झिक्न र राख्न मिल्ने इन्भिजबल ट्रेजस्तो ब्रेसेस हो ।

डा.सीता न्युरे, प्रिन्सिपल, हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स

दाँतको सुन्दरता कसरी कायम राख्ने ?

यसका लागि दाँतलाई माया र स्याहार गर्नु जरुरी छ ।

विगतमा लगाइने ब्रेसेसमा के कमजोरी थियो ? पछिल्लो समय प्रयोगमा आएका अन्य विकल्पहरू के–के छन् ?

विगतमा तारको र हेर्दा कपर वा कालो रंगको ब्रेसेस लगाइन्थ्यो । त्यसले सुन्दरता त बिगार्थ्यो नै, दैनिक जनजीवनमा पनि असहज स्थिति पैदा गर्थ्यो । अहिले तारको ब्रेसेसको साटो अन्य नयाँ प्रविधिहरू आएका छन् । ह्वाइट ब्रेसेस, गिङ्गोल ब्रेसेस तथा इन्भिजिलाइन ब्रेसेस छन् ।

सेरामिक, इन्भिजिलाइन र गिङगोल ब्रेसेस के हो ?

सेरामिकबाट बनाइएको ‘ह्वाइट ब्रेसेस’ नै सेरामिक ब्रेसेस हो भने दन्तलहरको पछाडिबाट पनि लगाउन मिल्ने ‘गिङ्गोल ब्रेसेस’ हो । त्यस्तै, इन्भिजिलाइन भनेको झिक्न र राख्न मिल्ने इन्भिजबल ट्रेजस्तो ब्रेसेस हो ।

पछिल्ला प्रविधिका ब्रेसेसहरूका फाइदा के–कस्ता छन् ?

पहिलो कुरा त यी सबै मानिसको सुन्दरतालाई ध्यानमा राखेर उत्पादन गरिएका ब्रेसेस हुन् । हिरोइन, मोडल, टेलिभिजन पर्सनालिटीलगायत पब्लिक फिगरले बाङ्गाटिङ्गा दाँतलाई मिलाउन यस्ता ब्रेसेस लगाउँछन् । सुन्दर बन्नकै लागि लगाइएको वस्तुले कुरूप देखायो भने के गर्ने ? भन्ने डर आधुनिक ब्रेसेसले कम गरी आत्मविश्वास बढाउने काम गर्छन् । यो लगाएर ढुक्कसँग खुला हाँसोका साथ पब्लिकमा काम गर्न सकिन्छ, आत्मविश्वासका साथ टेलिभिजनमा समाचार भन्न वा कार्यक्रम चलाउन सकिन्छ । यो बाहिरबाट देखिँदैन । यसको अर्को फाइदा भनेको दैनिक जनजीवनमा सहज हुनु हो । यसलाई खोल्न र राख्न मिल्छ । खाना खाने समयमा यसलाई खोलेर राख्न र सफा गर्न सकिन्छ ।

यो कत्तिको महँगो छ ?

बाहिरबाट देखिने तारको ब्रेसेसको तुलनामा यो अलिक महँगो छ ।

यसको माग कत्तिको बढ्दो छ ?

अहिले महिलाहरू बाहिरी एक्सपोजर पाएका र व्यावसायिक रूपमा घरबाहिर काम गर्ने ट्रेन्ड बढिरहेका कारण यी नदेखिने ब्रेसेसको माग निकै बढेको छ । अझ टेलिभिजन, फिल्म तथा सार्वजनिक क्षेत्रमा काम गर्नेहरूले यो झनै रुचाएका छन् ।

यसबाहेक दाँतको क्षेत्रमा आएका थप प्रविधि केही छन् ?

‘ब्युटिफुल स्माइल सुन्दरताको अभिन्न अङ्ग हो । दाँत बाङ्गो भयो भने ब्रेसेस लगाएर सीधा बनाइन्छ, तर कसैको अनुहारको सेप दिने हड्डी नै नमिलेको हुन्छ । जसले गर्दा दाँतमा पनि असर परिरहेको हुन्छ । दाँत नमिलेको, बाङ्गोटिङ्गो वा खप्टेको देखिन्छ, तसर्थ हामीकहाँ अहिले सर्जरीद्वारा अनुहारको हड्डीको सेप बनाएर दाँतलाई सुन्दर देखाउने सेवा पनि उपलब्ध छ ।

 Image