मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
पूनम ब्युटि एकेडेमी नयाँ बानेश्वरकी मेकअप आर्टिस्ट तथा हेयर डिजाइनर पूनम श्रेष्ठ बेष्ट हेयर डिजाइनर अवार्डबाट सम्मानित भएकी छिन् । स्पर्श फिल्म्स तथा प्याजेन्ट नेपाल इन्टरनेशनल मिडियाले आयोजना गरेको ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२०’ कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका सर्जक तथा सो क्षेत्रस“ग सम्बन्धित विषयगत विधाका व्यक्तित्वलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।