Successfully Copied

अहिलेको आर्थिक मन्दीले जताततै असर

महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।


गीता के.सी., सञ्चालक, ह्वाइट पर्ल होटल, पोखरा
आर्थिक मन्दीका कारण पर्यटन व्यवसायमा कस्तो असर परेको छ ?
अहिलेको आर्थिक मन्दीले जताततै असर पारेको छ । कोरोना हुँदा बरु यस्तो थिएन । एकातिर बैंकले च्याप्ने अर्कातर्फ व्यापार नहुने, त्यति मात्र होइन पर्यटक छैनन्, कोही पाहुना आइहालेपनि कोठाको रेट घटाउन पर्ने अवस्था छ । यिनै कारणले अहिले पर्यटनमा मात्र नभएर हरेक क्षेत्रमा जटिल परिस्थिति उत्पन्न भएको छ ।
पर्यटन क्षेत्रमा महिलाको उपस्थिति कस्तो पाउनुभएको छ ?
यो क्षेत्रमा महिलाको संख्या बढ्दो नै छ भन्नुपर्छ । हाम्रो स्थानीय कुरा गर्नु पर्दा पोखरामा यो क्षेत्रमा महिलाहरु निक्कै सक्रिय छन् । महिलाको आतिथ्य, सत्कार, मीठो बोलीबचन र व्यवहारले पनि यो क्षेत्रमा केही फरक पार्छ जस्तो मलाइ लाग्छ ।
यो क्षेत्रमा महिलाका लागि के कस्ता चुनौती र अवसर छन् ?
चुनौती धेरै छन । महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ । आफूले व्यावसाय सञ्चालन गरेपछि आफ्नो खुट्टामा उभिन सक्ने, धेरै मान्छेसँग घुलमिल हुनुपर्ने भएकाले कम्युनिकेशन स्किल बढ्ने, एक्सपोजर पाइने जस्ता अवसर पनि छन् ।

तपाईंंले सञ्चालन गर्नुभएको ह्वाइट पर्लको नेतृत्व लिइरहँदा महिला भएकै कारण के कस्ता अप्ठ्यारा भोग्नुपरेको छ ?

यसलाई मैले अप्ठ्यारोको रुपमा नलिई टिम वर्कमा विश्वास गर्ने भएकाले सहज छ । श्रीमान र परिवारको पनि भरपुर साथ र सहयोग छ तसर्थ मलाई जुनसुकै निर्णय लिन गाह्रो छैन ।
ह्वाइट पर्लको विशेषता के हो ?
गुणस्तरीय सेवा, सुलभ मुल्य, यथेष्ठ पार्किङ सुविधा, स्वच्छ–सफा र हरियाली वातावरण, स्वादिष्ट खाना हाम्रा विशेषता हुन् । साथै एउटै रुमबाट फेवाताल, रानीवन र हिमाल देखिन्छ ।

 Image