ब्रान्ड स्थापनामा छेची

नारी संवाददाता

पुस ८, २०७७  

कोरोना महामारीले विश्व नै आक्रान्त हुँदा हरेक व्यापार व्यवसाय ठप्प भइरहेका बेला २५ वर्षीया नेपाली चेलीले ‘लुक्ला आउटलुक’ नामक नेपाली ब्रान्डको सुरुवात गरेकी छन् । लुक्ला सोलुखुम्बुकी छेची शेर्पाले वर्षअघि सुरु गरेको यो ब्रान्डले छोटो समयमै राम्रो बजार लिन सफल भएको छ । यसको कारण खुलाउंँदै छेची भन्छिन्, ‘हाम्रा पहिरन छिट्टै लोकप्रिय हुनुमा सुलभ मूल्यमा गुणस्तरीय सामान पाउनु नै हो ।’ छेचीलाई जहिले लुगाफाटोमा गुणस्तर र मूल्यबीचको दूरी र त्यसमाथिको नेपाली सोचमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने लागिरहन्थ्यो । विगतमा रेस्टुराँदेखि अन्य व्यवसायमा समेत समय खर्चिएकी छेची युवामा धैर्य भए एकदिन अवश्य सफल भइन्छ भन्ने उदाहरण आफैं भएको बताउँछिन् । नेपाली कच्चापदार्थ प्रयोग गरी नेपालमै उत्पादित पहिरनलाई विश्वस्तरमा पुर्‍याउने लक्ष्य लिएको ‘लुक्ला आउटडोर’ ले विशेषगरी जाडोमा न्याना पहिरनलगायत ट्रेकिङ र माउन्टेनियरिङका लागि आवश्यक सम्पूर्ण सामान बिक्री वितरण गर्छ । ‘हामीले बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि विभिन्न भेराइटीका सामग्री उत्पादन गर्छौं’ उनले भनिन्, ‘नेपालमा बनेको भनेपछि गुणस्तरहीन होला भन्ने सोच धेरैमा छ, तर हामीले गुणस्तरमा सम्झौता गरेका छैनौं । गुणस्तरीय सामान सुलभ मूल्यमा दिनु नै हाम्रो विशेषता हो ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>