बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।
बाल्यकाल कस्तो रह्यो ?
एकदमै सामान्य तरिकाले बित्यो । सानैदेखि नक्कल पारेर लिपिस्टिक, नङपलिस लगाउन मन लाग्थ्यो ।
कहिलेदेखि गीत गाउन थाल्नुभयो ?
सानैदेखि हो । जबदेखि मैले बोल्न सुरु गरे त्यति बेला देखि नै गीत गुनगुनाउँथें रे ।
सानैदेखि गीत–संगीतमा रुची थियो ?
हो । सानैदेखि मलाई नाँच्न र गाउन एकदमै मनपर्थ्यो ।
परिवारको सहयोग कत्तिको पाउनुभएको छ ?
एकदमै सहयोग पाएको छु । मेरो रुचि यसैमा भएकाले सबैले हौसला दिनुहुन्थ्यो ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नातिनी भएकोले फाइदा वा बेफाइदा के भएको छ ?
दुवै भएको छ । मैले अहिलेसम्म यति धेरै अवसर पाउनुमा पारिवारिक पृष्ठभूमि पनि हो जस्तो लाग्छ । नाताकै कारण मेरो करियरमा ‘प्लस पोइन्ट’ भएको छ । यसका बाबजुद परिवारसँग जोडेर मलाई कतिपयले नराम्रा टीकाटिप्पणी गर्छन् । कहिलेकाही त सामान्य परिवारमा जन्मेको भए यस्तो हुदैनथ्यो कि भन्ने लाग्छ ।
पूर्व प्रधानमन्त्रीको नातिनी भएर चिनिँदा खुसी लागे पनि आफ्नो पहिचान हराउन सक्छ नि ?
अवश्य हो, तर कुनै गुनासो छैन । पुष्पकमलको नातिनी हुन पाउनु नै गर्वको र अलग कुरा हो । तर पनि आफैंले गरेको कामले नाम अगाडि आओस् र सबैमाझ परिचित हुन पाऊँ भन्ने इच्छा सबैको हुन्छ ।