अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

चिसो सुरु हुँदै थियो l 'सुपर-एक्स्ट्रा' मौसम अनुभूत गर्न पाइने बुढानिलकण्ठ क्षेत्र आसपास दिनभरी घाम-छाया भइरह्यो l पार्क भिलेजभित्रको चिसो हावा, निलो आकाश, एन्टिक डिजाइनमा तयार पारिएका मन्दिर, ब्याङ्क्वेट तथा स्विमिङ पुलले वातावरणलाई अझ रोमाञ्चक बनाइरहेको थियो l नारी मासिकको कार्तिक अंकका लागि कभर फोटो सुटका लागि हामी बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा उपस्थित थियौं l टिकटकमा 'ट्वीनी गर्ल' का नामले लोकप्रिय जुम्ल्याहा दिदि-बहिनी प्रिस्मा र प्रिन्सी खतिवडा फोटोका लागि पोज दिदै थिए l नारीका फोतोग्राफर महेश प्रधान उनीहरुलाई नवीन हाउभाउ सिकाउदै तस्बिर क्लिक गर्न वयस्त थिए l
तस्बिर : महेश प्रधान
स्थान : पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ
पहिरन : उमा नेमकुल, काव्य बुटिक, पाटनढोका
मेकअप : पुनम श्रेष्ठ, पुनम ब्युटी एकेडेमी, नयाँ बानेश्वोर
संयोजक : लक्ष्मी भण्डारी