लुमिलाःलकडाउनले जन्माएको प्रतिभा

सिर्जना दुवाल श्रेष्ठ

जेष्ठ ७, २०७७ १५ वर्षकी लुमिलाको संगीतप्रतिको रुचि पुरानै हो । घरमा सधैं सांगीतिक माहौल भइ रहने हुँदा गीतप्रतिको उनको लगाब हुनु स्वभाविक पनि हो । बरिष्ठ संगीतकार तथा गायक स्व द्वारीकालाल जोशीकी नातीनी तथा गायिका लसता जोशीकी छोरी हुन् लुमिला । हजुरबुबाका गीतहरु ‘माइतीघर तिम्रो होइन पराई घर जाऊ’, ‘बाधापरुन् जतिनै’ जस्ता गीतहरु सुन्न खुबै मनपर्छ । 

एसईईको तयारीमा रहेकी उनलाई कोरोनात्राससँगै परीक्षा स्थगित भएपछि संगीत अभ्यास गर्न सहज भयो । उनी अहिले यूरोपमा रहेका मामा शरद जोशीसँग अनलाइन गितार सिक्दै छिन् । शरदले धेरै वर्षदेखि विभिन्न देशमा रहेका व्यक्तिहरुलाई अनलाइन गितार कोर्ष सिकाउँदै आएका छन् । 

लकडाउनको एक हप्तापछि नै लुमिला सांगीतिक गतिविधिमा सक्रिय भइन् । अहिले युट्युब च्यानल खोलेर आफूलाई मन परेका नेपाली र अंग्रेजी गीतको कभर गाउँदै अपलोड गर्छिन् । एसईई अनिश्चित भएपनि उनमा निराशा आएन । संगीतले उनलाई सधै फ्रेस बनायो । प्रतिफल उनीे लकडाउनको अवधिमा अफैं गीत लेख्न र कम्पोज गर्नसक्ने भइन् ।

उनले गीत रेकर्ड गरी भिडियो बनाएर युट्युबमा समेत हालेकी छिन् । उनले ‘तिमी नै भन’बोलको उक्त गीत अहिलेको पुस्तालाई लक्षित गरी बनाएकी हुन् । लुमिला भन्छिनु, ‘सधैं पढाई, स्कूलमात्रै भइरहन्थ्यो । लकडाउन ब्रेकले आफू भित्रको क्षमता र रुचिलाई सिर्जनात्मक रुपमा पोख्न पाएँ ।’ उनले सांगीतिक क्षेत्रमा आफ्नो करिअर बनाउने योजना बनाएकी छिन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>