अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । अधिकारीको काठमाडौंस्थित केएमसी अस्पतालमा ८३ वर्षको उमेरमा बिहिबार राती निधन भएको हो । अल्जाइमर्स र पार्किन्सन्सबाट पीडित रानुदेवीलाई बिहीबारनै अस्पताल लगिएको थियो । अस्पताल लगिएको केहीबेरमा उनको निधन भएको हो । अधिकारीको बिहिबार रातीनै अन्त्यष्टि गरिएको छ ।
बनारसमा बाल्यकाल बिताएकी अधिकारीमा बनारसमा बस्दाताकानै शास्त्रीय संगीतप्रति लगाव बसेको थियो । २००६ सालमा रेडियो नेपालमा उनका ६ गीत रेकर्ड गराएकी अधिकारी तारिणीप्रसाद कोइरालाको प्रेरणामा राणाशासनविरुद्धको लडाइामा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् ।
२०३६ सालको शिक्षक आन्दोलनमा जेल परेकी रानुदेवी जनआन्दोलनपछि केही समय नेपाल महिला संघ मोरङको अध्यक्ष समेत भएकी थिईन् । अधिकारीका ‘जुनेली रात हजुर...’, ‘जागे नेपाली उठे नेपाली...’ लगायत गीत चर्चित छन् ।
२०६३ सालमा उनीबारे ‘५६ वर्षपछि...’ नामक सांगीतिक वृत्तचित्र बनाइएको थियो । उक्त वृत्तचित्र पत्रकार तथा गीतकार शंकर खरेल र गायक तथा संगीतकार सुमित खड्काले बनाएका हुन् । उनका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना छन् ।