Successfully Copied

के तपाइको खाना कोरोना भाइरसका लागी संवेदनशील छ ?

कोरोना भाइरसको संक्रमण र फैलावटको बिषयमा धेरै किसिमको अवधारणाहरु अहिले आएपनि खानापानवाट यसको संक्रमण कसरी फैलिन सक्छ भन्ने बिषयमा यकिन भनाई र सुझावहरु अझैं आउन सकेको छैन । 

अहिले कोरोना भाइरस (कोभिड–१९) को संत्रासले एउटा रफ्तारमा हिडेको संसारलाई परिवर्तन गरिदिएको छ । मानवजातिलाई चुनौतीको रुपमा देखापरेको यो भाइरसको संक्रमले चिकित्सा र आर्थिक रूपमा असाधारण क्षति र्पुयाएको छ । 

कोरोना भाइरसको संक्रमण र फैलावटको बिषयमा धेरै किसिमको अवधारणाहरु अहिले आएपनि खानापानवाट यसको संक्रमण कसरी फैलिन सक्छ भन्ने बिषयमा यकिन भनाई र सुझावहरु अझैं आउन सकेको छैन । 

यो भाइरसको फैलावट सहतवाट हुने तथ्य सार्वजनिक भएसंगै कतै यो खानाको सतहमा पनि बस्छ भन्ने रहेको छ । संक्रमित व्यक्ति वरिपरि दूषित वातावरण हुने हुनाले त्यसको प्रभाव उसको वरिपरि रहेको खानेकुरामा पनि हुन सक्ने पोषणविद् सुवर्ण चौलागाइ बताउंछिन् । कुनै पनि ब्यक्तिले खोक्दा वा हाँच्छ्यु गर्दा यसको वरिपरि छिटा पर्छ किनभने पानीको थोपाबाटै भाइरस छिटो फैलिएको कुरा हामीले पढिरहेका र सुनिरहेका पनि छौं । 

केही विज्ञहरूका अनुसार भाइरस मानव पेटको अत्यधिक अम्लीय वातावरणमा बाँच्न सक्दैन तर नखाएको खानामा बाँंच्न सक्छ भन्ने नै हो । त्यसैले यसवाट जोगिने भनेकै स्वस्थ खाना खानु नै हो ।

फुड टेक्नोलोजिस्ट भारती अधिकारीका अनुसार तरकारी र फलफुल राम्रोसँग धुनुपर्छ, सम्भवभएसम्म थोरै नुन राखिएको पानीमा तरकारीलाई भिजाएर केही समय राख्दा उत्तम हुन्छ । खाना खानु अघि हात राम्ररी धुनुपर्छ । अहिले संक्रमण फैलन सक्ने समयमा राम्ररी पाकाएको खाना खानु नै उपयुक्त हुन्छ । किनकि भाईरस उच्च तापक्रममा बाँच्न सक्दैन । 

अहिले यो भाइरसको संक्रमणमा विश्वका लाखौं मानिस परेका छन् । स्वास्थ्य विज्ञहरू भन्छन् संक्रमणको कुनै जोखिममा पर्नबाट बच्नका लागी घरमै पकाएको खानेकुरा खानेमा जोड दिनुपर्छ ।  

अल्का अस्पतालका डा. सुमन थापा भन्छन्, घरमा बनाएको खानाजति स्वस्थ हुन्छ बाहिरको खाना हुदैन् । तसर्थ यो महामारी पछि पनि हामीले घरकै खानेकुरा खाने शैलीलाई निरन्तरता दिनुपर्छ । 

बजारमा पाईने खाना वा प्याकेजिङ खानाको भित्री र बाहिरी खोलको गुणस्तर कस्तो किसिमको छ भन्ने प्रमाण नै पाइदैन । उपभोक्ता अधिकार मञ्चका संस्थापक तथा अधिवक्ता ज्योती बानियाँ भन्छन्, यहाँ खाद्य सुरक्षा र हात स्वच्छताको पालनागर्न आवश्यक देखिएको छ । बाहिरबाट आएको खानेकुराको यि दुई बिषयमा कतिको स्वच्छता छ भन्ने कुरामा ठुलो प्रश्नचिन्ह राख्न सकिन्छ । 

रोग प्रतिरोधी क्षमता बढाउन स्वस्थ खानाको बारेमा सुझाव दिंदै स्वास्थ्य विशेषज्ञहरु भन्छन्, ‘ आफुले खाने दैनिक खानामा दालचीनी, दही, ब्रोकोली, अदुवा, लसुन, प्याज, बेसार, खुर्सानी, ग्रिन टीलाई संलग्न गर्नुस् बदाम, ओखर, कटुस, काजु, छोकडा जस्ता सुख्खा खानेकुरा समावेश गर्दा अझ स्वास्थलाई राम्रो गर्छ । यो बेलामा मात्र नभएर अरु बेलापनि आइसक्रीम र कोल्ड ड्रिंक्संको सेवनवाट टाढै बस्नु राम्रो हुन्छ । 

अधिकारी भन्छिन्, ‘जिंक’ रोग प्रतिरोधात्मक क्षमताका लागी हाम्रो शरीरमा नभइ नहुने पदार्थ हो । यसले शरिरमा पोषण दिन्छ र रोग प्रतिरोधि रक्षा प्रणालीलाई बढाउने काम गर्छ । यसले भाइरस र ब्याक्टेरियावाट हुने रोग बिरूद्ध लड्ने काम गर्छ । 

सुवर्णका अनुसार पौष्टिक पोषकतत्व नै रोगको पहिलो रोकथाम उपाय हो । जब प्रतिरक्षा प्रणाली बढाउने कुरा आउछ तब भिटामिन, मिनरल्स, कार्बोहाइडेड, प्रोटिन लगायत शारिरकालागी आवश्यक तत्वहरु हुन् । पौष्टिक खानाले शरिर बलियो बनाउने मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता समेत बृद्धि गर्छन् । 

एक अध्ययनको निश्कर्ष अनुसार हप्तामा कम्तिमा तीन पटक चिया पिउनु स्वस्थबर्धक मानिन्छ । यो शोध यूरोपीयन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित भएको थियो, उक्त अध्ययन अनुसार चियाको उचित सेवनले शरीरमा रोगको जोखिम कम हुन्छ भन्ने रहेको छ । भास्कुलर कार्डियोलोजिष्ट डा. जे.पी. जैसवालका अनुसार कम चिल्लो, नुन र चिनी कमप्रयोग गरिएका घरेलु खानाले दिर्घकालिन रुपमा स्वस्थ हुन मद्धत गर्छ । नर्भिक अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ जैसवाल भन्छन्, मुटुमा हुने समस्यावाट बच्न स्वस्थ घरेलु खाना नै पहिलो रोकथामको उपाय पनि हो ।  

 Image