फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो । 
                             
                             
               
              लकडाउनमा घरमा बस्दाबस्दै बोर भएपछि हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले एउटा गीत रचना गरे, ‘लकडाउन लकडाउन संसारै शटडाउन...।’ गीत लेखेर छोरा यमन र छोरी सरानालाई देखाए । गीत मन पराए । रेकर्ड गरेर भिडियो बनाउने योजना बनाए । गीतलाई यमनले एजेन्ज गरी संगीत भरे, गाए र रेकर्ड गरी सम्पादन पनि गरिसकेका छन् ।
‘घरमै रेकर्डङ्गि स्टुडियो भएकोले लकडाउनकै बेलामा पनि गीत रेकर्ड सम्भव भएको हो’, ‘यमनले भने, ‘गीत त बन्यो तर भिडियो नबनाई धेरै दर्शक माझ नपुग्ने हुँदा यसको जिम्मा गायिका सरानाले लिइन् ।’
म्युजिक भिडियो निर्देशन र भिडियोग्राफी सरानाले गरिन् । भिडियो खिच्ने क्यामेरा थिएन । जसकारण बुबाको आइफोन फोर प्लसले खिचिन् । ५ दिनको अवधिमा म्युजिक भिडियो पनि तयार भयो ।
सरानाका अनुसार सारा विश्व नै स्तब्ध भएको बेला कसैलाई पनि रमाइलो गर्ने मुड छैन । तर यो गीत कोरोना सम्बन्धी सन्देशमूलक भएकाले बनाएको हो । ‘एक त समय रमाइलो तरिकाले बित्यो र अर्काै बुबाको रचनालाई मूर्त रुप दिन पायौं,’ सरानाले भनिन् । सरकारले लकडाउन घोषण गर्नु अघि नै मदनकृष्णको स्वास्थको कारण सराना र यमन घरमै बसिरहेका थिए ।