२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/miscellaneous/Rasifal-14052020095600-600x0-15062020030853-18102021051705-16112021025310-13022023013711.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/miscellaneous/Rasifal-14052020095600-600x0-15062020030853-18102021051705-16112021025310-13022023013711.jpg&w=1000&height=600)
हस्पिटालिटी व्यवसायको अवस्था कस्तो छ ?
कोरोनाले धेरै अप्ठ्यारोमा पारेको छ । पछिल्लो समय भने केही सुधारोन्मुख छ । आन्तरिक पर्यटक बढी छन्, नेपालीहरूमा पनि पछिल्लो समय घुम्ने, खाने, नयाँ ठाउँ एक्सप्लोर गर्नेमा चेतना बढेको छ । पहिलाको तुलनामा सोच बदलिएको छ । हाल विदेशी पर्यटकहरू भने खासै छैनन् । भारतीय पर्यटकहरू भने आइरहेका छन् ।
नेपालको हस्पिटालिटी व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन के आवश्यकता देख्नुहुन्छ ?
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।
पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा महिलाको उपस्थिति कस्तो छ ?
नेपालको परिप्रेक्ष्यमा यो क्षेत्रमा महिलाहरू आउने क्रम बढ्दो छ । हस्पिटालिटी क्षेत्रमा महिलाले राम्रो स्वागत–सत्कार गर्न सक्छन्, जुन पुरुषमा स्वभावैले पनि कमै हुन्छ । यो क्षेत्र महिलाका लागि धेरै राम्रो छ । होटल एसोसियसनकी अध्यक्ष अहिले महिला नै हुनुहुन्छ ।
हस्पिटालिटी व्यवसायलाई थप बढावा दिन के गर्न सकिन्छ ?
हस्पिटालिटी व्यवसायको अझै विकास र उन्नतिका लागि नेपाललाई आन्तर्राष्ट्रिय बजारमा चिनाउन जरुरी छ । राम्रा–राम्रा पर्यटकीय गन्तव्यहरू पत्ता लगाउनुपर्यो । त्यो गन्तव्यमा पुग्न बाटोघाटोलगायत सुविधा पुर्याउनुपर्छ । सरकारले हस्पिटालिटी र पर्यटनमा विशेष कार्यक्रमहरू ल्याउनुपर्यो । नगरकोटसम्म आउने बाटो पनि त्यति राम्रो छैन । पर्यटकहरू यहाँ आएपछि ठाउँ अत्यन्त सुन्दर तर बाटो असाध्यै अप्ठ्यारो भन्ने गुनासो गर्छन् ।
नेपालको पर्यटन र हस्पिटालिटी व्यवसायले नेपाली समाज र मुलुकलाई दिएको योगदान कस्ता छन् ?
स्थानीयलाई रोजगारी, किसानलाई आम्दानी गर्ने अवसर, विदेशी मुद्रा भित्र्याउने माध्यम आदि थुप्रै क्षेत्रमा यसले योगदान पुर्याएको छ । नेपालको सुन्दरतालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने काम पनि यसले गरेकै छ ।