छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
१८६ औं विश्व फोटोग्राफी दिवस विविध कार्यक्रम गरि मनाइयो । फोटोग्राफी दिवसका अवसरमा खेल पत्रकार स्व. क्षितिज अरुण श्रेष्ठले खिचेका विभिन्न क्षेत्रमा योगदान गरेका २४० भन्दा बढी महिलाको फोटो प्रदर्शनी गरिएको थियो । ‘नेपालका विशिष्ठ महिला’ शीर्षकमा प्रदर्शन गरिएको तस्बिरमा राष्ट्रका लागि विविध क्षेत्रमा योगदान संघर्ष गरेर पहिचान बनाउन सफल नारीहरुको ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको थियो । खेल पत्रकार स्व. श्रेष्ठले शृंखलाबद्ध रूपमा फोटो प्रदर्शन गर्ने योजना बनाएका थिए । उनको गत असारमा निधन भएपछि श्रीमीत मन्जु तुलाधर र छोरी सोन्सी श्रेष्ठले उनको सपना पूरा गर्न प्रदर्शनी गरिदिएका थिए । सांस्कृतिक संग्रहालय नेपाल र ओलम्पिक म्युजियमको आयोजनामा अहिले बबरमहलस्थित आर्ट काउन्सिलमा यो प्रदर्शनी गरिएको थियो ।
यसैगरी राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) द्वारा काठमाडौंको हनुमानढोका परिसरमा भदौ ३ गते एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तको एकल फोटो प्रर्दशनी गरिएको थियो ।
तस्बिरहरुः महेशमान प्रधान