Successfully Copied

सेलिब्रेटीको चैत्ते दसैं

नायिका तथा समाचार वाचिका सुप्रिया कटुवाल यसपटकको चैत्ते दसैं पहिला जस्तो उल्लासमय नभएकोमा खिन्न छिन् । तै पनि उनले घरभित्रै पूजापाठ गरेर, मिठो मिठो खानेकुरा बनाएर, खुवाएर यसपालिको चैते दसैं मनाइन् ।

कोरोना भइरस आतंकका कारण यसपालिको चैते दसैं फिक्का भयो । कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण खानपान, पूजापाठ र बाहिरी रमाइलो कम भए पनि पारिवारिक जमघटको हिसाबले चाहिँ चैते दसैं राम्रै भयो । नेपालका सेलिब्रेटीहरुले पनि यसपालि घरभित्रै बसेर पारिवारसँग चैते दसैं मनाई रहेका छन् । 

गायिका सविना कार्कीले अष्टमी अर्थात् बुधबार घरमै नवरथाको पूजा गरिन् । पहिला जस्तो धुमधाम सित नभएपनि उनले परिवारसँगै शाकाहारी भोजन खाएर दसैं मनाइन् । ‘घरमै रोग प्रतिरोधी क्षमता बढ्ने खालका खानाखाएर यासपालिको चैते दसैं मनाइयो’, सविना भन्छिन्, ‘शरीर स्वस्थ्य रह्यो र बाँचियो भने त आगामी वर्षमा धुमधामसँग मनाउँलानि चाडपर्व त ।’

नायिका तथा समाचार वाचिका सुप्रिया कटुवाल यसपटकको चैत्ते दसैं पहिला जस्तो उल्लासमय नभएकोमा खिन्न छिन् । तै पनि उनले घरभित्रै पूजापाठ गरेर, मिठो मिठो खानेकुरा बनाएर, खुवाएर यसपालिको चैते दसैं मनाइन् । शाकाहारी भोजन खाएर दसैं मनाएकी उनको परिवारले घरभित्रै नाचगान गरेर दसैं मनाए ।

संचारकर्मी मृदुला खनाल अहिले बैंकरका रुपमा आफ्नो परिचय बनाइ रहेकी छिन् । उनलाई नेपाली पर्व, संस्कृतिहरु सारै मनपर्छ । दसैं, तीज, तिहारदेखि हरेक पर्वलाई हृदयदेखि मान्ने मृदुलाले पनि यस पटकको चैत्ते दसैं घरभित्रै मनाइन् । ‘पहिले घरमा आफन्तलाई बोलाउने वा आफन्तकोमा जमघट गरिन्थ्यो । मठ मन्दिर दर्शन गर्न गइन्थ्यो’, खनालले भनिन्, ‘यसपालि घरमा जो–जो छौं, त्यहींले मात्रै सँगै दसैं मनायौं ।’ चैते दसैंले थोरै भएपनि रिफ्रेस भएको उनको अनुभव छ ।

ईभेन्ट म्यानेर मोहन्ना खनालले पनियसपालि घरभित्रै चैते दशैं मनाइन् । श्रीमान्को हातबाट टीका लगाइ छोरीलाई लगाइदिएर घरमै दसैं मानेको उनले बताइन् । अष्टमीमा शाकाहारी भोजन गरेको बताउँदै उनले फोन, म्यासेन्जरबाट आफन्तसँग कुरा गर्दै शुभकामना साटासाट गरेको अनुभव सेयर गरिन् ।

लोक गायिका सुशिला गौतमलाई हिन्दू धर्मका चाडपर्व विशेष लाग्छन् । धर्मकर्म प्रतिको आस्थाले नै होला उनलाई तीज गीत, भजन र लोक गीतले तान्यो । यस पटकको लकडाउनलाई आरामगर्ने मौकाको रुपमा लिएकी उनले पनि घरभित्रै पूजाआजा गरेर नियमितझैं खाना खाँदै चैते दसैं मनाइन् ।

 

 Image