पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।

डा. आशा सिंह प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएसँगै नेपाल प्रहरी अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त भएकीे छिन् । सिंह वरिष्ठ स्त्री रोग विशेषज्ञ हुन् । नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषद्को निर्णयानुसार डा. सिंह प्राविधिक डिआइजीबाट एआइजीमा बढुवा भएकी थिइन् ।
आफूले पाएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न तत्पर रहेको बताउँदै आगामी दिनमा अस्पताललाई सबैको भरपर्दो साथीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनी भन्छिन्– ‘अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्नेछु ।’ उनी एआइजी हुने दोस्रो महिला हुन् ।