छोरीहरूलाई उद्यममा लगानी खोज्न गाह्रो छ : अध्यक्ष खत्री
'एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भन्ने सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।'
बुटवल— रुपन्देहीको सैनामैनामा आयोजित मम्मी डान्स प्रतियोगिताको ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।
चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवलकी चेली कल्पना प्रथम भएकी हुन् । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय हुन सफल भए ।
प्रतियोगितामा १७ सहभागीमध्येबाट पहिलो दिनको नृत्यबाट १० जना दोस्रो चरणका लागि छनौट भएका थिए ।