सिजलको यात्रा
आजबाट २२ सेप्टेम्बरसम्म इन्डोनेसिया र सिंगापुरमा संचालन हुने मिस टुरिजम वल्र्ड वाइड २०१९ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सिजल कुँवरले सहभागीता जनाउने भएकी छिन् । उक्त प्रतियोगीतामा कुँवरले नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
बुटवल— रुपन्देहीको सैनामैनामा आयोजित मम्मी डान्स प्रतियोगिताको ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।
चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवलकी चेली कल्पना प्रथम भएकी हुन् । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय हुन सफल भए ।
प्रतियोगितामा १७ सहभागीमध्येबाट पहिलो दिनको नृत्यबाट १० जना दोस्रो चरणका लागि छनौट भएका थिए ।