Successfully Copied

मोटोपन : मधुमेहको खतरा 

मोटोपन हेर्दा भद्दा देखिने मात्र होइन यो विभिन्न रोगको संकेत पनि हो । मोटोपनले टाइप–२ मधुमेहको सम्भावना बढाउने कुरा अध्ययनबाट पत्ता लागेको छ । गुलिया खानेकुरा खाँदा वा नखाँदा पनि मोटोपन भएमा टाइप–२ मधुमेहको खतरा धेरै बढ्छ ।

अमेरिकास्थित इन्डियाना युनिभर्सिटीमा गरिएको अध्ययनबाट उक्त कुरा पत्ता लागेको हो । डाइबेटोलोजिया नामक जर्नलमा प्रकाशित गरिएको उक्त अध्ययनका अनुसार कुनै पनि मानिस लामो समयसम्म मोटोपनको सिकार भएमा कम उमेरमै तौल धेरै भएमा टाइप–२ मधुमेह हुने सम्भावना बढ्छ ।

यो अध्ययनमा बडी मास इन्डेक्स (बीएम आई) तथा टाइप–२ मधुमेहको रिस्कका बीच के सम्बन्ध हुन्छ भनेर जाँच गरिएको थियो । 

 Image