‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।

आयुषी के.सी. / संस्थापक, खाली सिसी
फोहोरको थुप्रोभित्र हीरा भेटाउनुभयो भने ?
फोहोर नै हाम्रा लागि डायमण्ड हो । गलत ठाउँमा फालिने भएकाले मात्रै फोहोर भएको हो नत्र यो एउटा यस्तो स्रोत हो जसलाई विशाल हीरा भन्न सकिन्छ ।
कसैले तपाईंलाई के गरिरहनुभएको छ भनेर सोध्यो भने तपाईंको उत्तर के हुन्छ ?
फोहोर व्यवस्थापनका लागि प्रविधिको प्रयोग गरेर सेवामूलक व्यवसायका रूपमा अघि बढाउँदै स्वच्छ वातावरण निर्माण गर्ने र यसैलाई स्वचालित ढंगले फोहोर सम्बद्ध काममा पैसा, प्रतिष्ठा र इज्जत छ भन्ने चेतना अभिवृद्धिमा काम गरिरहेकी छु ।
तपाईंको कुन योगदानका कारण यो उपलब्धि प्राप्त भएजस्तो लाग्छ, त्यो उपलब्धि के हो ?
सुगरकोट नगरी जवाफ दिनुपर्दा महिलाले यो वा त्यो गर्न सक्दैनन् भन्ने जुन मानसिक बाधा उत्पन्न गराइने हाम्रो पुरानो प्राक्टिस थियो मैले त्यसैलाई क्यास गर्न सकें त्यही नै मेरो उपलब्धि हो । दैनिक काठमाडौं उपत्यकाबाट ७ लाख र वार्षिक रूपमा ३३ करोड किलोग्राम फोहोर सिसडोलको डाँडामा कुहिएर जान्छ । त्यसलाई हामी क्यास किन नगर्ने ? उपत्यकाभरि १३ हजार फोहोर संकलक दाइ हुनुहुन्छ, हामीसँग प्रत्यक्ष रूपमा जोडिएका ३ सय जना छन् । हामीसँग जोडिएपछि उनीहरूको आम्दानी ४० प्रतिशतले वृद्धि भएको छ भने सामाजिक प्रतिष्ठा बढ्दै गएको छ ।
आफूमा भएको कुन एउटा क्षमता जसले तपाईंलाई सफल हुन सहयोग गर्यो ?
आधा शताब्दीदेखि फोहोर संकलनको काम गरिरहेका दाइहरूको सामाजिक छवि बदलिएको छ । खाली सिसी बोतल बटुल्नेको नजिक गयो भने बोरामा हालेर लैजान्छ भन्ने समाज थियो हाम्रो । उनीहरूलाई गर्ने व्यवहार फरक हुन्थ्यो तर आज उनीहरूलाई समाजले हेर्ने नजर र व्यवहार बदलिएको छ । अहिले खाली सिसीको आइडी कार्ड भिरेर जानेबित्तिकै उनीहरूले सम्मानजनक व्यवहार पाएको कुरा बताउने गरेका छन् । अरु कसैले सिको गरेर यस्तै व्यवसाय गर्न तर हामीसँग जुन इतिहास बदल्न सक्ने यथार्थ कथा छ त्यो सिको गर्न सक्दैनन् भन्ने लाग्छ । मेरो यही स्टोरी टेलिङ नै मेरो सफलता हो ।
तपाईंलाई मैले कसरी भेटें भन्ने प्रश्न यदि कसैले मसँग गर्यो भने मैले के भन्नुपर्ला, तपाईंको सुझाव ?
फोहोरको डुंगुरमा भेटें भनिदिनुहोस् ।
कसैले पैसा र प्रतिष्ठाबाहेक जीवनमा आवश्यक अर्को प्रमुख चीज के हो भनेर सोध्यो भने तपाईं के भन्नुहुन्छ ?
म व्यक्तिगत खुसीका लागि भन्दा पनि समाजका लागि केही गर्न चाहन्छु । त्यसैले पैसा र प्रतिष्ठाभन्दा पनि जीवनमा राम्रो काम गरे मरेर गए पनि सधै अमर रहन सकिन्छ भन्छु ।
भीमकाय राक्षससँग लड्नुपर्यो भने कुन अस्त्र प्रयोग गर्नुहुन्छ ?
मेरो पछाडि रहेको ठूलो मानवशक्ति प्रयोग गर्छु ।