हिंसाका तथ्याङ्क

नारी संवाददाता

पुस २९, २०७६  

बेचबिखनविरुद्ध २०५५ सालमा ३४ वटा उजुरी परेका थिए भने अहिले ७ सय २७ वटा उजुरी परेका छन् । गर्भपतनविरुद्ध त्यतिबेला १ सय १ उजुरी परेका थिए भने यतिबेला ३ सय ८ उजुरी परेका छन् । बहुविवाहविरुद्ध त्यतिबेला ८१ उजुरी परेका थिए भने यतिबेला १८ उजुरी परेका छन् । 

बालविवाहविरुद्ध त्यतिबेला ९६ उजुरी परेका थिए भने यतिबेला ६ सय २ वटा उजुरी परेका छन् । घरेलु हिंसाविरुद्ध त्यतिबेला एउटा उजुरी परेको थियो भने यतिबेला ६२ वटा उजुरी परेका छन् । 

समग्रमा दुई दशकको अवधिमा ९ सय ७६ वटा बलात्कारका घटना भएको तथ्यांक छ भने बलात्कार प्रयासका घटना ३ हजार ८ सय ३७ वटा भएको तथ्यांक छ । यो अवधिमा महिला हिंसाका घटना ६३ हजार ४ सय ६९ वटा भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

महिला हिंसाको यो पाटोलाई विश्लेषण गर्दा दुई दशकअघिसम्म महिला हिंसाका घटना गुपचुप राखिन्थ्यो र अधिकांश घटना प्रहरीसम्म पुग्नै पाउँदैनथे ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>