Successfully Copied

विश्व सुन्दरी प्रतियोगितामा संभावना बढाउँदै अनुष्का  

मिस वल्र्ड २०१९को उपाधिका लागि विश्वका एक सय एघार राष्ट्रका सुन्दरीहरुसित प्रतिस्पर्धा गरिरहेकी अनुष्काले प्रतियोगिताको महत्वपूर्ण पाटो मानिएको हेड टू हेड च्यालेन्जको दोस्रो राउन्डमा इन्डोनेसियाकी प्रिन्सेस् मेगोनोन्डो संगको वन् टू वन् च्यालेन्समा विजेता भए संगै उनी प्रतियोगिताको टप फोर्टीका लागि सुरक्षित भएकी

बेलायतको लन्डनस्थित एक्सेल लन्डनमा आगामी डिसेम्बर १४ अर्थात् मंसीर २८ गते शनिबार सम्पन्न हुने मिस वल्र्डको ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी मिस नेपाल २०१९ का विजेता २३ वर्षिया अनुष्का श्रेष्ठ मिस वल्र्ड २०१९ को उपाधि दौडको टप फोर्टीमा पुग्न सफल भएकी छिन् । मिस वल्र्ड २०१९को उपाधिका लागि विश्वका एक सय एघार राष्ट्रका सुन्दरीहरुसित प्रतिस्पर्धा गरिरहेकी अनुष्काले प्रतियोगिताको महत्वपूर्ण पाटो मानिएको हेड टू हेड च्यालेन्जको दोस्रो राउन्डमा इन्डोनेसियाकी प्रिन्सेस् मेगोनोन्डो संगको वन् टू वन् च्यालेन्समा विजेता भए संगै उनी प्रतियोगिताको टप फोर्टीका लागि सुरक्षित भएकी हुन् । 

हेड टू हेड च्यालेन्जको पहिलो राउन्डमा समूह दशमा रहेकी अनुष्का श्रेष्ठले उक्त समूहमा रहेका केयमन आइल्याण्ड, जिब्राल्टार, मेक्सीको, पोल्याण्ड र तान्जानियाली सुन्दरीहरुलाई पछि पार्दै आफ्नो समूहको विजेता हुादै हेड टू हेड च्यालेन्जको दोस्रो चरणमा प्रवेश गरेकी हुन् । समूह ९ की विजेताका रुपमा इन्डोनेसियाकी प्रिन्सेस् मेगोनोन्डो भने हेड टू हेड च्यालेन्जको पहिलो चरणमा समूह ९ बाट विजेता बनेकी थिइन् । हेड टू हेड च्यालेन्ज मिस वल्र्ड २०१७ बाट विश्व सुन्दरी प्रतियोगितामा प्रारम्भ गरिएको फम्र्याट हो । 

जस अन्तर्गत यस पटकका सहभागिहरुलाई ११ समूहमा विभाजित गरी प्रतिस्पर्धा संचालन गरिएको थियो । यो फम्र्याटमा प्रत्येक समूह अन्तर्गतका प्रतियोगिहरुको प्रस्तुति, सामूहिक बहस तथा प्रश्न उत्तर चरणमा उनीहले देखाएको प्रदर्शनलाई अनलाइन भोटिङ मार्फत् हरेक समूहका विजेता चयन गरी दोस्रो चरणमा प्रवेश पाउने र त्यसपछि दुई समूहका विजेता वीचको प्रतिस्पर्धालाई निर्णायकहरुले मुल्यांकन गरेर टप टेन चयन गरिएको थियो । हेड टू हेड च्यालेन्जका टप टेनले मिस वल्र्डको फाइनल प्रतिस्पर्धाको टप फोर्टीमा प्रवेश पाउने व्यवस्था गरिएको हो । 

मिस वल्र्ड प्रतियोगिताको फम्र्याटमा महत्वपूर्ण मानिएको फास्ट ट्रयाक प्रक्रिया अन्तर्गत ब्युटी विथ अ पपर्स विधामा पनि मिस नेपाल अनुष्का श्रेष्ठ उत्कृष्ट दश भित्र रहन सफल भएकी छिन् । ब्युटी विथ पर्पसका लागि घोषणा गरिएका टप टेन भित्र नेपाल संगै नाइजेरिया, ट्युनिसिया, भेनेजुएला, फ्रान्स, भारत, इन्डोनेसिया, मलेसिया, मंगोलिया र भियतनामका सुन्दरीहरु रहेका छन् । मिस नेपाल अनुष्का श्रेष्ठको ब्युटी विथ अ पर्पसको प्रोजेक्ट वि.सं २०७२को महाभूकम्पले प्रभावित गरेको सिन्धुपाल्चोक स्थित सोस्लिङ गाउामा केन्द्रित रहेको छ । 

 

 Image