Successfully Copied

नेपालको सफलता

थाइल्याण्डको चियाङमाईमा गत नोभेम्बर १२ देखि १८ तारिख सम्म संचालन भएको बालबालिका र टिनएजरहरु सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१९’ मा टिम नेपाललाई विभिन्न उपाधिमा सफलता प्राप्त भएको छ ।  

थाइल्याण्डको चियाङमाईमा गत नोभेम्बर १२ देखि १८ तारिख सम्म संचालन भएको बालबालिका र टिनएजरहरु सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१९’ मा टिम नेपाललाई विभिन्न उपाधिमा सफलता प्राप्त भएको छ ।  

प्रतियोगिताका लागि नेपालका तर्फबाट यशस्वी राणा, राहुल अग्रवाल, न्यान्सी गुरुङ, दृष्य शाक्य र दृष्टिना शाक्यले प्रतिनिधित्व गरेका थिए ।  जस अन्तर्गत सो प्रतियोगितामा १६ वर्षिया टिन प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ का विजेता यशस्वी राणाले टिन फोटोजेनिक अवार्ड जित्न सफल भएकी छिन् भने फेश अफ मारवडी २०१९ का विजेता १७ वर्षिय राहुल अग्रवालले मिष्टर फेसन मोडलको अवार्ड जित्न सफल भएका छन् । 

सो प्रतियोगितामा सहभागि लिटिल प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ का विजेता ११ वर्षिया न्यान्सी गुरुङ प्रिन्सेस् अफ ग्रेस इन्टरनेसनलका रुपमा चयन भएकी छिन् । मिनी प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ का विजेता ७ वर्षिया दृष्टिना शाक्यले भने प्रिन्सेस् एन्जल स्टारको अवार्ड जितेकी छिन् । 

यसैगरी प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ का मिष्टर पर्सनालिटी विजेता ११ वर्षिय दृष्य शाक्यले सो प्रतियोगितामा जुनियर मिष्टर मोडल स्टार अवार्ड विजेता बने । नेपाली सहभागिहरु राहुल र दृष्य सो प्रतियोगितामा आ आफ्नो उमेर समूहमा टप फाइभसम्मको यात्रा पनि तय गर्न सफल भएका छन् । 

उल्लेखित अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम नेपालको प्रतिनिधित्वको व्यवस्थापन तथा संयोजन नेपालका लागि आधारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.ले गरेको हो । 

 Image