मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
                            
              
यतिबेला ‘कबड्डी कबड्डी कबड्डी’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेकी उपासना सिंह ठकुरीको कामको चर्चा पनि उत्तिकै छ । क्याप्टेनबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी ठकुरीको यो दोस्रो चलचित्र हो । क्याप्टेनमा मुख्य भूमिकामा देखिएकी उपासनालाई त्यतिबेला ‘सम्भावना बोकेकी नायिका’ पनि भनियो । यो टिप्पणी उनको दोस्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ सम्म आइपुग्दा सत्य साबित भएको छ ।
‘कबड्डी कबड्डी कबड्डी’ को सफलताबाट उत्साहित उपासना अहिले तत्काल नयाँ चलचित्र अनुबन्ध गरिहाल्ने भन्दा पनि राम्रो स्क्रिप्ट छानेर मात्र काम गर्ने सोचमा छिन् । ठकुरी भन्छिन्–‘यो सफलताले एकदमै उत्साहित छु तर अहिले तत्काल नयाँ प्रोजेक्टमा काम गर्ने भन्दा पनि चित्तबुझ्दो स्क्रिप्ट खोजिरहेकी छु ।’