प्रलिशाको शिरमा मिस नेवाः ११४५ को ताज
‘सशक्त महिला हुनुको अर्थ तपाईंका लागि के हो ?’ भन्ने निर्णायक प्रश्नको सटिक, सान्दर्भिक र उत्कृृष्ट उत्तर दिएसँगै प्रलिशा शाक्यले नेपाल टेलिकम मिस नेवाः ११४५ को ताज शिरमा सजाउन सफल भएकी छन् ।
                            
              
यस वर्षको ‘मिस नेपाल वल्र्ड २०२३’ को उपाधी काठमाडौंकी २३ वर्षिया श्रीच्छा प्रधानले जितेकी छिन् । यसैगरी दाङकी २६ वर्षिया रैना मजगैयाले ‘मिस नेपाल अर्थ २०२३’ र ललितपुरकी प्रसिद्धी शाह  ‘मिस नेपाल इन्टरनेसनल २०२३’ को उपाधी हात पारिन् । 
गोदावरीस्थित गोदावरी सनसाइन कन्भेन्सन सेन्टरमा सम्पन्न भएको प्रतियोगिता कान्तिपुर टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रसारण भएको थियो । उक्त प्रतियोगितामा देशभरका २४ जनाको सहभागिता रहेको थियो । प्रतिस्पर्धीहरुको परिचयात्मक चरणबाट अगाडि बढेको यात्रामा उत्कृष्ट ११ जना हुँदै फाइनल फाइभ प्रतिस्पर्धीको निक्र्यौलपछि अन्तिम प्रतिस्पर्धा भएको थियो । 
मिस प्रतियोगिताको अन्तिम पाँचमा श्रीच्छा प्रधान, रैना मजगैया, प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ र गृष्मा अधिकारी छनोट भएका थिए । यस पटकको अन्तिम प्रतिस्र्धाका लागि अन्तिम पाँचमा पर्न सफल प्रतिस्पर्धीहरुले अन्तिम साझा प्रश्नको लिखित उत्तरको साटो फरक–फरक विषयमा ४५ सेकेन्डको समयावधिमा आफ्नो बौद्धिकता प्रस्तुत गर्नुपर्ने थियो । यस अन्तर्गत अन्तिम पाँचमा पर्न सफल सुन्दरीहरुको प्रस्तुतिकरणको आधारमा विजेता छनोट गरिएको थियो ।
प्रतियोगितामा अन्य उपाधि अन्तर्गत श्रीच्छा प्रधानले ‘फर्मासी फेस अफ द  इयर’ तथा मिस डिएचआईको अवार्ड हात पारेकी थिइन् भने रैना मजगैंया ‘सेटाफिल  मिस हेल्दी स्किन, प्रसिद्धि शाह रियल फिजिन मिस पपुलर च्वाइस, प्रज्ञा  बज्राचार्य ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट, गृष्मा अधिकारी बर्जर मिस  ग्ल्यामर, ऐश्वर्या श्रेष्ठ द काठमाण्डू पोस्ट मिस इन्टिलेक्चुयल र डाबर  हनी मिस फिटनेस क्वीन, सुहानी खड्का क्षेत्री जेम्यूजिक मिस मल्टिमिडिया,  उन्नती गुरुङ यति एयर लाइन्स वुमन विथ विङ्स, आयुष्मा बराल द हिडन टे«जर  ब्युटी विथ पर्पस तथा प्रितिका खड्का क्रिएटिभ स्टुडियो डि मिस फोटोजेनिकका  रुपमा छनोट भएका थिए । 
तस्बिरहरु ः महेश प्रधान