Successfully Copied

आमाको कोसेली

आमाको कोसेली गैरनाफामूलक संस्था हो, जसले हङकङको नेपाली समुदायमा जनचेतना फैलाउनुका साथै सामाजिक क्षेत्रमा अप्ठ्यारोमा परेकाहरूका लागि नि:शुल्क सहयोग गर्ने उद्देश्य लिएको छ । त्यसका लागि संस्थाले वर्कसप, तालिम, सडक नाटक प्रदर्शन आदिलाई निरन्तरता दिइरहेको छ ।

हङकङमै जन्मिएका विद्या श्रेष्ठ, सइच्छा गुरुङ तथा स्यारन राई अहिले हङकङ विश्वविद्यालयमा स्नातक तह अध्ययन गरिरहेका छन् । आफ्नो समुदायका लागि केही गर्ने अठोट लिएका यिनै युवतीहरूले सुरु गरेका हुन्– आमाको कोसेली ।

आमाको कोसेली गैरनाफामूलक संस्था हो, जसले हङकङको नेपाली समुदायमा जनचेतना फैलाउनुका साथै सामाजिक क्षेत्रमा अप्ठ्यारोमा परेकाहरूका लागि नि:शुल्क सहयोग गर्ने उद्देश्य लिएको छ । त्यसका लागि संस्थाले वर्कसप, तालिम, सडक नाटक प्रदर्शन आदिलाई निरन्तरता दिइरहेको छ ।

हङकङको नेपाली समाजभित्र कहालीलाग्दा विवशता तथा पीडाहरू छन्, टिम संयोजक विद्या भन्छिन्— घरेलु कामदारका रूपमा हङकङ आएका नेपाली दिदीबहिनीहरूका अनेकन पीडा न उनीहरू बताउन सक्छन्, न उनीहरूलाई त्यस्ता निकायहरूका बारेमा जानकारी नै छ । त्यस्ता महिलाहरूलाई सक्षम बनाउन र सहयोग गर्नकै लागि हामी संस्थामार्फत एकजुट भएका हौं । 

आफ्नो देश र समाज बुझ्न अध्ययनसँगै त्यसलाई प्रत्यक्ष महसुस पनि गर्न सक्नुपर्छ भन्ने निष्कर्ष निकाल्दै उनीहरू नेपालका विकट गाउँहरूसम्म पुगे । श्रेष्ठ भन्छिन्— त्यस क्रममा हामीले छाउपडी प्रथालाई नजिकबाट नियाल्ने अवसर पायौं । हामीले पश्चिम नेपालका विभिन्न गाउँमा पुगेर रजस्वला हुँदा लगाउने सेनेटरी प्याड बनाउने विधि एवं प्रयोगको उपयोगिताका सम्बन्धमा त्यहाँका युवाहरूलाई जानकारी प्रदान गर्‍यौं । 

 Image