घरैमा स्वरोजगार
चितवनको माडीस्थित बोटे, थारू, दुरा, दराई, पुन मगर, गन्धर्वलगायत आदिवासी जनजाति तथा लोपोन्मुख समुदायका महिला होमस्टे चलाएर आत्मनिर्भरतातर्फ लम्किँदैछन् ।
रजनी ढकाल
हाँगा–हाँगा नबिर्सेर
पात–पात समेटेर
रंगको समय फुल्नु छ मलाई
मेरै आँगनमा उभिएर
आँख्ला–आँख्ला
कोपिलाएकी छु
निर्वाध अनि स्वतन्त्र
झरी होस् वा हुरी
आँधी आओस् कि बतास
मेरो समयलाई
रोक्ने छैन कसैले
नर्सरीदेखि टुसाउँदै गएका
निर्मम सभ्यताबाट बच्दै
झरी, बादल र हुरीमा पनि दोहोरी खेल्दै
हाँगा र पातका कथाहरू बोक्दै
विषादी व्यवहारविरुद्ध
चेतनामय संघर्ष गर्दै
समेटिरहेछु सिर्जनाको महाशक्ति
सपनाहरू उकेर्दै
वीजनको मौलिकता बचाएर
धरतीबाट उठेको
मेरो इतिहासको साक्षी छौ तिमी
फुल्न देऊ प्रिय परिवेश
यो मेरो फुल्ने समय हो ।