सुवेश श्रेष्ठ (प्रोग्राम इन्चार्ज, नेपाल कलेज अफ म्यानेजमेन्ट, धोबीघाट)
होटल म्यानेजमेन्टतर्फ युवाको अत्यधिक आकर्षण किन बढिरहेको होला ?
अन्य विषय पढ्दा सीप कम हुन्छ तर यो सीपमूलक शिक्षा हो । यो सीपलाई उनीहरूले बजारमा प्रत्यक्ष लगानी गर्न वा वितरण गर्न सक्छन् । यो विषय पढ्दा नाम, दाम, इज्जत, प्रतिष्ठा कमाइने हुँदा आकर्षण पनि बढी भएको हो ।
अन्य कलेजको तुलनामा नेपाल कलेज अफ म्यानेजमेन्ट किन र कसरी फरक छ ?
हामीकहाँ फरक खालको पाठ्यक्रम डिजाइन गरिएको छ, पृथक् ढंगले पढाइ हुन्छ । यहाँ पढाइने हस्पिटालिटी म्यानेजमेन्ट हो, होटेल म्यानेजमेन्ट मात्रै होइन । हामीलाई लाग्छ, आतिथ्य सत्कारभित्र थुप्रै कुरा पर्छन्, यसलाई खानासँग मात्रै जोड्न उपयुक्त नहोला ।
यहाँ कसरी पढाइन्छ ? पढाइको गुणस्तर कस्तो छ ?
यो प्राइभेट शैक्षिक संस्था मात्रै नभएर गुरुकुल शिक्षा प्रतिष्ठानद्वारा प्रवर्द्धित गैरनाफामूलक शैक्षिक संस्था हो । अर्को शब्दमा यो एक ट्रस्ट हो । जुन २५ वर्षदेखि निरन्तर सञ्चालनमा छ । काठमाडौं युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यो शैक्षिक संस्थामा होटल, टुरिजम र म्यानेजमेन्टका मिश्रित कोर्स छन् । यहाँ ६० प्रतिशत व्यावहारिक ज्ञान दिइन्छ भने सीपमूलक ज्ञान र कला कौशलमा विद्यार्थीलाई बढी केन्द्रित गराइन्छ । यहाँ किचन, रेस्टुरेन्ट, बेकरी, बारिस्ता, इभेन्ट म्यानेजमेन्ट, रुम डिभिजन म्यानेजमेन्ट, फ्रन्ट अफिस म्यानेजमेन्टलगायत तारे होटलसम्मका लागि आवश्यक सम्पूर्ण सीप र कला सिकाइन्छ ।
यो कोर्स पढिसकेपछि कस्ता अवसर छन् ? जब प्लेसमेन्टको पनि अवसर यहाँबाटै पाइन्छ ?
यो कोर्स पढिसकेपछि स्वदेश वा विदेश जताततै अवसरै–अवसर छन् । हामीले यहीँबाट पासआउट विद्यार्थीलाई स्वदेशभित्रैका विभिन्न होटल र रेस्टुरेन्टका साथै दुबई, अमेरिका, थाइल्यान्ड, कतार आदि मुलुकमा रहेका होटलहरूमा इन्टर्नसीपका लागि प्लेसमेन्ट गर्ने गरेका छौं । यो कोर्स पढेर क्याटरिङ, एयरलाइन्स, क्रुज, इभेन्ट म्यानेजमेन्ट सेल्स म्यानेजमेन्टलगायत थुप्रै क्षेत्रमा अवसरको ढोका खुल्छ ।