Successfully Copied

मिस टुरिजम इन्टरनेसनलमा प्रिति 

मलेसियामा अक्टोबर २२ देखि आउँदो नोभेम्बर १० सम्मका लागि तय गरिएको पर्यटन क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टुरिजम इन्टरनेसनल २०१९’ मा नेपालका तर्फबाट प्रिति पौडेलले सहभागीता जनाउने भएकी छिन् ।

मलेसियामा अक्टोबर २२ देखि आउँदो नोभेम्बर १० सम्मका लागि तय गरिएको पर्यटन क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टुरिजम इन्टरनेसनल २०१९’ मा नेपालका तर्फबाट प्रिति पौडेलले सहभागीता जनाउने भएकी छिन् ।

आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको मिस ग्राण्ड नेपाल २०१९ अन्तर्गत् मिस ग्राण्ड टुरिजम इन्टरनेसनल नेपाल २०१९ को उपाधि जितेसंगै प्रितिले मिस टुरिजम इन्टरनेसनल २०१९ मा नेपालको तर्फबाट आधिकारिक रुपमा सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् । प्रतियोगितामा सहभागि हुनुपूर्व प्रितिले अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखीकरण तथा ग्रुमिङ कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकी थिइन् । 

यस अघि मिस पूर्वाञ्चल मोडल आइकन २०१९ को उपाधि विजेता बनिसकेकी दमक निवासी २० वर्षिया प्रिति पौडेलले दमक स्थित ग्लोबल एजुकेशन एकेडेमीबाट दश जोड दुईको अध्ययन पूरा गरेकी छिन् । नृत्य, भलिबल र भ्रमणमा रुचि राख्ने प्रिति पााच फिट ६ इन्च उाचाईकी छिन् । आफूलाई अझ विकसित र परिपक्व बनाउादै सक्षम र सफल व्यक्ति बन्ने उनको लक्ष रहेको छ ।

चालीस भन्दा बढी मुलुकका सुन्दरीहरु वीचको प्रतिस्पर्धामा मिस टुरिजम इन्टरनेसनल २०१९ को विजेता चयन प्रक्रिया आगामी नोभेम्बर ८ मा संचालन हुनेछ । प्रतियोगिताको फाइनल पतिस्पर्धा मलेसियाको बन्डार सनवेस्थित सनवे रिसोर्ट होटल एण्ड स्पामा सम्पन्न हुनेछ ।  

 

 Image