मिस्टर नेपाल बने सन्तोष
झापाका सन्तोष लोक्सम ‘रियलमी मिस्टर नेपाल २०२४’ बनेका छन् । उनले आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वर्ल्ड २०२४ मा नेपालको तर्फबाट सहभागी हुनेछन् ।

चौथो संस्करणको नेपाल्स नेक्स्ट सुपर मोडल–२०१९ को उपाधि सादा थापाले जितेकी छिन् । आर एन्ड आर ग्रुपको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सादाले उपाधिसहित २५ हजार रुपैयाँ नगद पनि पाइन । प्रतियोगितामा निरिसा दली श्रेष्ठले फस्ट रनर्सअपको उपाधि जितिन् भने कृतिका श्रेष्ठले सेकेन्ड रनर्सअपमा चित्त बुझाइन् ।
प्रतियोगितामा मिस फोटोजेनिकको उपाधि प्रेरणा बलायाले, बेस्ट फिगरको उपाधि गीता महर्जनले, मिस मल्टिमिडिया र मिस कन्जिनियालिटीको उपाधि कृतिका श्रेष्ठले, बेस्ट हेयरको उपाधि पूर्णिमा श्रेष्ठले, बेस्ट वाक र बेस्ट स्किनको उपाधि निरिसा दली श्रेष्ठले तथा मिस पर्सनालिटीको उपाधि साइलिना भुजेलले जिते ।