मिस तामाङ २०२६ को १८औं संस्करणको विजेता साम्राज्ञी मोक्तान बनिन् । काठमाडौंको प्रदशर्नीमार्ग स्थित द ब्लू पभेलियनमा आयोजित कार्यक्रम मम्स इन्टरनेशनल नेपालले रन्जिता लामाको नेतृत्वमा सम्पन्न भएको थियो । यस प्रतियोगितामा १७ जना तामाङ समुदायका युवती सहभागी थिए । प्रतियोगिताले संस्कृति, सौन्दर्य, बुद्धिमत्ता र आत्मविश्वासलाई प्रस्तुत गरेको थियो ।
प्रतिस्पर्धाकी विजेता बौद्धकी साम्राज्ञीले ५० हजार रुपैयाँ नगद पुरस्कारको साथै भ्यूअर च्वाइस र आत्मविश्वासको उपाधि पनि जितिन् । प्रतियोगितामा फस्ट रनर्स अप सुष्मा स्याङ्दान तामाङले ३० हजार रुपैयाँ,सेकेन्ड रनर्स अप सृष्टि थिङ तामाङले २० हजार रुपैयाँ तथा थर्ड रनर्स अप ओसिन गोले तामाङले १० हजार रुपैयाँ प्राप्त गरेका थिए । सृष्टिले फोटोजेनिक अवार्ड पनि जितिन् ।
कार्यक्रममा स्वागत नृत्य, परिचयात्मक, इभनिङ गाउन, शीर्ष १० प्रश्न–उत्तर तथा शीर्ष ५ अन्तिम प्रश्न–उत्तर चरण समावेश गरिएको थियो । कार्यक्रमको कोरियोग्राफी र निर्देशन फेशन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए । प्रतियोगिता अन्तर्गत अन्य उपाधिमा देवी वाइबा तामाङले ट्यालेन्ट अवार्ड, ऐश्वर्या घिसिङ तामाङले बेस्ट ड्रेस र मल्टिमिडिया अवार्ड, सुजिना गोङ्बा तामाङले बेस्ट वाक र ब्युटिफुल हेयर, कबिना वाइबा तामाङले पर्सनालिटी अवार्ड, पूजा जिम्बा तामाङले डिसिप्लिन अवार्ड र स्वर्णिमा थिङ तामाङले स्माइल अवार्ड प्राप्त गरेका थिए ।