Successfully Copied

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् ।


मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । ललितपुरको द प्लाजामा शनिबार भएको फाइनलमा २३ प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बनेकी हुन् । दीपमालाले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधिसमेत जितेकी हुन् ।
त्यस्तै मिस नेपाल कस्मो कशिस सुब्बा र मिस नेपाल इन्टरनेसनल उपाधि आर्या निशान्तले जितेका छन् । कशिस सुब्बाले अन्तर्राष्ट्रिय मञ्चमा १८ वर्षको उमेरमै नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् ।
दीपमाला प्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छन् । यसबाहेक उनी तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी, म्याराथन धावक पनि हुन् । उनले अर्थशास्त्रमा स्नातक गरेकी छिन् । २४ वर्षीय दीपमाला आफ्नी आमाबाट प्रेरणा पाएको बताउाछिन् । उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् ।


जनकपुरकी २४ वर्षीय आर्याले सन् २०२१ को मिस युनिभर्स नेपाल प्रतियोगिताको शीर्ष १० प्रतिस्पर्धीमध्ये एक थिइन् । उनले बिजनेस एडमिनिस्ट्रेसनमा ब्याचलर गरेकी छन् । आर्या हाल शिक्षण क्षेत्रमा कार्यरत रहँदै उच्च शिक्षा र अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने प्रयासमा छिन् । उनी शिक्षा र युवा सशक्तीकरणका क्षेत्रमा रुचि राख्छिन् ।

तस्बिरहरु: महेशमान प्रधान

 Image