झिलिमिली तिहार
तिहारको बेला बजारमा बेग्लै रौनक देख्न सकिन्छ । रंगीबिरंगी लाइटदेखि भगवान्का मूर्ति, मैनबत्ती, फूल, सजावटका सामग्री बजारमा छ्यापछ्याप्ती हुन्छन् । यो पर्वमा थुप्रै सामग्रीको किनमेल गरिन्छ ।
गत फूलपाती दुई दिन अगाडि मोडलिङ प्रतिस्पर्धा नेपाल्स नेक्स्ट सुपर मोडल २०१८९ को शीर्ष उपाधिमा सदा थापाले बाजी मार्न सफल भएकी छिन् । उनले प्रतियोगिता नगद पुरस्कार रु पच्चीस हजार सहित अर्गनाइजर च्वाइसको अवार्ड पनि आफ्नो नाममा सुरक्षित पारिन् ।
प्रतियोगिताको फस्ट रनर अपमा वेस्ट स्कीन र वेष्ट वाकको अवार्ड सहित निरिष्णा दली श्रेष्ठ विजेता भइन् भने सेकेन्ड रनर अप तर्फ मल्टिमिडिया र कन्जिनियालिटी अवार्ड सहित कृतिका श्रेष्ठ पुरस्कृत भइन् । राजधानीको न्युरोड स्थित स:स: इभेन्ट्स एण्ड भेन्युमा सम्पन्न प्रतियोगिताको आयोजना आर एण्ड आर ग्रुपले गरेको थियो भने कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले सम्हालेका थिए ।
प्रतियोगितामा प्रेरणा बलाय फोटोजेनिक, गीता महर्जन वेष्ट फिगर, पुर्णिमा श्रेष्ठ वेष्ट हेयर तथा सलिना भुजेल पर्सनालिटी विधामा विजेता छनौट भएका थिए ।