प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
१. जिन्दगीमा केही सकिन भने पनि तिम्रा लागि अमिट याद भैदिउँला
उजाड भयो भने पनि धरती, तिम्रा लागि म सधैं आवाद भैदिउँला
कोलाहल नै कोलाहलको यो दुनियाँमा
तिम्रो अंगालोमा सुम्पिएर आफूलाई, म मौनतामा अनुवाद भैदिउँला ।
२. पीडैपीडाको प्रहारबीच पनि सुखद् जित हौ तिमी
प्यासी धरतीको प्यास मेट्न झर्दै गरेकी शीत हौ तिमी
मेरो ह्दयको कोमल प्रदेशमा सदा तिम्रै वास छ
फेरि पनि लाग्छ मैले लेख्न बाँकी कुनै सुन्दर गीत हौ तिमी ।
३. ओठको डिलबाट मुस्कानले आत्महत्या गर्दागर्दैको आकाश हुँ म
कठै मनका सबै पखेटा खोसिएर उदास परिस्थितिको यौटा दास हुँ म
आफ्नै मनका बेलगाम घोडाहरूले कुल्चिएर मरेका छन् सपनाहरू
तिनै मरेका सपनाहरू सुमसुम्याउँदै जिउँदै मरिरहेको यौटा लास हुँ म ।