परिपक्व सम्बन्ध
खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।

१. जिन्दगीमा केही सकिन भने पनि तिम्रा लागि अमिट याद भैदिउँला
उजाड भयो भने पनि धरती, तिम्रा लागि म सधैं आवाद भैदिउँला
कोलाहल नै कोलाहलको यो दुनियाँमा
तिम्रो अंगालोमा सुम्पिएर आफूलाई, म मौनतामा अनुवाद भैदिउँला ।
२. पीडैपीडाको प्रहारबीच पनि सुखद् जित हौ तिमी
प्यासी धरतीको प्यास मेट्न झर्दै गरेकी शीत हौ तिमी
मेरो ह्दयको कोमल प्रदेशमा सदा तिम्रै वास छ
फेरि पनि लाग्छ मैले लेख्न बाँकी कुनै सुन्दर गीत हौ तिमी ।
३. ओठको डिलबाट मुस्कानले आत्महत्या गर्दागर्दैको आकाश हुँ म
कठै मनका सबै पखेटा खोसिएर उदास परिस्थितिको यौटा दास हुँ म
आफ्नै मनका बेलगाम घोडाहरूले कुल्चिएर मरेका छन् सपनाहरू
तिनै मरेका सपनाहरू सुमसुम्याउँदै जिउँदै मरिरहेको यौटा लास हुँ म ।