नेपाली सुगम संगीतमा बेग्लै परिचय बनाएकी गायिका हुन् – दुर्गा खरेल । यिनले थुप्रै लोकप्रिय गीतमा आफ्नो आवाज भरेकी छिन् । यिनै गायिका गरेलले दसैंको कोशेली नयाँ गीत स्रोता तथा दर्शक माझ पस्किएकी छिन् । ‘तिमीलाई भनेर म’बोलको सार्वजनिक गीतमा गायिका खरेलको स्वर
नेपाली सुगम संगीतमा बेग्लै परिचय बनाएकी गायिका हुन् – दुर्गा खरेल । यिनले थुप्रै लोकप्रिय गीतमा आफ्नो आवाज भरेकी छिन् । यिनै गायिका गरेलले दसैंको कोशेली नयाँ गीत स्रोता तथा दर्शक माझ पस्किएकी छिन् । ‘तिमीलाई भनेर म’बोलको सार्वजनिक गीतमा गायिका खरेलको स्वर निक्कै भावुक सुनिएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयम् ले गरेका छन् ।
गीतको म्यूजिक भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।
पछिल्लो समय ‘रियालिटी शो’ प्रतिभा प्रदर्शन गर्ने ‘प्लेटफर्म’ बन्दै गएको छ । यो छिट्टै पहिचान दिने र प्रतिभा देखाउने माध्यम पनि हो । नेपालमा विभिन्न ‘रियालिटी शो’ संचालन हुँदै आएका छन् । यो पश्चिमा देशहरूबाट नेपालमा फस्टाएको देखिन्छ ।