रितुको पिएचडी रहर
रितु कँडेल नेपाली लोकगीत क्षेत्रकी व्यस्त गायिका हुन् । उनले रोइला, माया, बतासजस्ता चर्चित गीत गाएकी छन् ।
महिलाहरुको महान चाड तीज नजिकिरहेको छ । यही अवसर पारेर नख्खुस्थित फ्लेक्स फिटनेस सेन्टरमा महिला दिदीबहिनीले नाचगान गरेका थिए ।
महिलाहरुको चाड नजिकिरहेकाले एक दिन भएपनि रमाइलो गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फिटनेस सेन्टरकी संचालिका दिक्षा केसीले बताइन् । उक्त अवसरमा फ्लेक्स फिटनेस सेन्टर इन्टरनल ब्याडमिन्टन लिग २०८० का विजेतालाई ट्रफी प्रदान गरिएको थियो ।