मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।

शनिबार राति ठमेल स्थित क्लब टेनएक्स्मा संचालन भएको पुरुष व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपरमोडलको नेपाली संस्करण म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को संस्करण सम्पन्न भएको छ । प्रतियोगितामाअभिनव थापाले अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि पाउन सफल भएँ । उनले थाइल्याण्डमा आगामी मे महिनामा थाईल्याण्डमा संचालन हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् । अभिनवले खल्ती मिष्टर पपुलर तथा एम्पायर मिष्टर पर्सनालिटीको अवार्ड पनि प्राप्त गरेका थिए ।
प्रतियोगितामा दिलिप नेपाली टेनएक्स मिष्टर फ्रेन्डसिप सहित मिष्टर इन्टरनेसनल नेपाल २०२४ को उपाधि जित्न सफल भए भने युनिक तुलाधर रनर अप भए । क्लब टेनएक्स्को सहकार्यमा ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.र्इं.इ को आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सोयस बलामीले अर्ना मिष्टर ट्यालेन्ट, सिद्धान्त के.सी.ले ज्यासमिन मिष्टर फिजिक र विजय थापाले फोरेन्सिक मिष्टर फोटोजेनिक विधाको अवार्ड जितेका थिए । कोरियोग्राफर अनुप सक्सेनाको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले सहभागीहरुलाई स्टेज प्रस्तुतिकरणमा प्रशिक्षण प्रदान गरेका थिए । प्रतियोगितामा फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं सुशील श्रेष्ठ निर्णायकका रुपमा रहेका थिए ।