Successfully Copied

बच्चाको नाम छनौँट गर्दा यि कुरा विचार गरौं

विगतमा जस्तो पनि नाम स्वीकार हुन्थ्यो । अहिलेको पुस्ता भने फरक नाम खोज्छ । हुन पनि एकै किसिमको नाम भए विभिन्न झन्झट आइलाग्ने समस्या पनि देखापर्छ । फरक र क्याची नाम भए सबैले सजिलै चिन्छन् । त्यस्तो नाम उच्चारण गर्न सजिलो हुन्छ भने

 भन्नलाई त नाममा के छ भनिन्छ ? तर त्यही नामका लागि हामी जीवनभर दौडधूप गर्छौं । पितापुर्खा भन्छन्–नाम राख्नुपर्छ । भानुभक्त र घाँसीको कथाले पनि नाम वा ख्याति राख्नुपर्ने मोह जगाइदिन्छ । 

हुन त नाम एउटा संज्ञा हो कसैलाई चिनाउने । यद्यपि उनीहरू जीवनभर त्यही नामले चिनिन्छन् । त्यसैले पनि मानिसहरू आफ्नो नाम पृथक् तर सहज होस् भन्ने चाहन्छन् । साहित्य, कला आदिबाट आफूलाई चिनाउन चाहनेहरूलाई त नामको अझ बढी महत्व हुन्छ । 

विगतमा जस्तो पनि नाम स्वीकार हुन्थ्यो । अहिलेको पुस्ता भने फरक नाम खोज्छ । हुन पनि एकै किसिमको नाम भए विभिन्न झन्झट आइलाग्ने समस्या पनि देखापर्छ । फरक र क्याची नाम भए सबैले सजिलै चिन्छन् । त्यस्तो नाम उच्चारण गर्न सजिलो हुन्छ भने प्रशासनिक कामकाज पनि सहज हुन्छ । 

सजिलो र राम्रो नाम छनोट गर्न त्यति सजिलो भने छैन । त्यसैले अहिले धेरैजसो आमाबुवा छोराछोरी जन्मनुअघि नै नाम खोज्न थाल्छन् । आफ्ना छोराछोरीलाई जीवनभर चिनाउने नाम राम्रो होस् भन्ने उनीहरूको चाहना हुन्छ । 

हरेक अभिभावक आफ्ना सन्तानको नाम सरल तथा युनिक होस् भन्ने चाहन्छन् । त्यसका साथै नाम पनि अर्थपूर्ण होस् भन्ने उनीहरूको चाहना हन्छ । अभिभावकहरूलाई राम्रा नाम खोज्न पनि निकै सकस पर्छ । 

–साथीभाइहरूको सल्लाह लिनुपर्छ । सन्तान भैसकेका साथीहरूबाट सल्लाह लिन सकिन्छ । उनीहरूले पहिले आफ्ना सन्तानको नामकरण गरिसकेका हुन्छन् । यसमा उनीहरूको अनुभव काम लाग्नसक्छ ।

–सजिलो नामको खोजी गर्नुपर्छ । सजिलो नाम राख्दा बोलाउन पनि सजिलो हुन्छ । अरू मानिसले पनि सजिलैसँग सम्झन सक्छन् । 

–नाम अर्थपूर्ण हुनु जरुरी हुन्छ । बालबालिकाको नामको अर्थ राम्रो हुनुपर्छ । अर्थ नभएको नाम राख्नुहुँदैन ।

–नाम अर्थपूर्ण भएर मात्र हुँदैन । नामको अर्थ पनि सकारात्मक हुनुपर्छ । अन्यथा ती बालबालिका हाँसोको पात्र बन्न पुग्छन् ।

–धेरै अक्षरको नाम राख्नु हुँदैन । छोटो नाम राख्नुपर्छ । छोटो नाम उच्चारण गर्न सजिलो हुन्छ ।

–एउटा नाम नै पर्याप्त हुन्छ । कतिपयले आफ्ना सन्तानका नाम २–३ वटा राखिदिन्छन्, जुन उपयुक्त होइन । त्यसैले एउटा मात्र नाम राख्ने प्रयास गर्नुपर्छ । 

–नाम राख्न अनलाइनको साहारा लिन सकिन्छ । इन्टरनेटमा लाखौं नामको सूची अर्थसहित भेटिन्छ । त्यसमध्ये एउटा राम्रो नाम छान्न सकिन्छ । 

–परिवारको नामबाट पनि आफ्ना सन्तानको नामकरण गर्न सकिन्छ । घरमा कसैको नाम राम्रो छ भने उसको नामबाट पनि मिलाएर नयाँ नाम राख्न सकिन्छ । 

–नामकरणका लागि विभिन्न पब्लिकेसनले पुस्तकसमेत बजारमा ल्याएका छन्, त्यसको पनि सहारा  लिन सकिन्छ । यस्ता पुस्तकमा अर्थसहित नाम  उल्लेख गरिएको हुन्छ ।

–बालबालिकाको नाम युनिक होस् भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ । सबैको बीचमा आफ्नो सन्तान नामकै आधारमा समेत प्रसिद्ध हुनसक्छ । 

–नामकरण गर्दा जन्म समय तथा नक्षत्रमा पनि ध्यान दिनुपर्छ । बालबालिकाको नाम परम्पराअनुसार नै राख्नुपर्छ ।

 

 Image