Successfully Copied

रेन्बो कन्सर्ट

समलिङ्गीहरूले यसपालिको गाईजात्रा पर्व भिन्न रूपले मनाएका छन् । देशभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रोलिङ्गी तथा समलिङ्गी) समुदायले काठमाडौंमा गत शुक्रबार गाईजात्रे र्‍याली निकाले भने टुँडिखेलमा पहिलो पटक ‘रेन्बो कन्सर्ट’ को आयोजनासमेत गरे ।

समलिङ्गीहरूले यसपालिको गाईजात्रा पर्व भिन्न रूपले मनाएका छन् । देशभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रोलिङ्गी तथा समलिङ्गी) समुदायले काठमाडौंमा गत शुक्रबार गाईजात्रे र्‍याली निकाले भने टुँडिखेलमा पहिलो पटक ‘रेन्बो कन्सर्ट’ को आयोजनासमेत गरे । ‘मेरो पर्व–मेरो गर्व’ नारा बोकेको ऊक्त कार्यत्रमको विशेषता नेपाली ब्यान्ड बाजा, नेवारी धुनका साथै अन्य जातीय संगीत पनि थिए । 

नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफूहरू फरक पहिचान भए पनि समाजकै सदस्य भएका कारण पर्वमा सहभागी भएको र समाजले नराम्रो दृष्टिले नहेरोस् भन्ने चाहनास्वरुप १६ औं पटक गाईजात्रा पर्व मनाएको बताइन् ।

कार्यक्रममा नेपालका लागि अमेरिकन राजदूत र्‍यान्डी बेरी तथा अस्ट्रेलिएन राजदूत पिटर वडेले नेपालका तेस्रोलिंगीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाएकोमा गर्व महसुस गरेको बताए । 

टुँडिखेलको उक्त कन्सर्टमा नायिका प्रियंका कार्कीले तेस्रोलिङ्गी तथा समलिङ्गीहरूका बारेमा आफूले बेभ मूभी निर्माण गरिरहेको बताइन् भने पूर्व मिस नेपाल माल्भिका सुब्बाले तेस्रोलिंगी समुदायसँग समान व्यवहार गर्न आग्रह गरिन । चर्चित ब्लगर लेक्स लिम्बुले तेस्रोलिङ्गीहरू समाजमा समान हैसियत राख्ने व्यक्ति भएकाले विभेद गर्न नहुने जिकिर गरे । उक्त अवसरमा गायक दीपक लिम्बू, हेमन्त शर्मा, मन्जु पौडेल, सविन लिम्बु, सपन श्रेष्ठ आदिले आ–आफ्ना गीत सुनाएका थिए । 

 Image