Successfully Copied

सशांक बने म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६

अर्ना प्रस्तुत म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को १५औं संस्करणको ग्रान्ड फिनालेमा सशांक शाहीले म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को उपाधि जिते ।


अर्ना प्रस्तुत म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को १५औं संस्करणको ग्रान्ड फिनालेमा सशांक शाहीले म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को उपाधि जिते । साथै उनले एम्पायर कलेक्सन मिस्टर पर्सनालिटी उपाधिसमेत प्राप्त गरे । 

प्रसन्न राईले मिस्टर मोडल इन्टरनेशनल नेपाल २०२६का साथै स्क्वायर होटल मिस्टर एटिकेट तथा इमेज च्यानल मिस्टर पब्लिक च्वाइस पुरस्कारसमेत जिते । सिद्धार्थ सन्ज्यालले मिस्टर कोस्मोपोलिटन नेपाल २०२६ को उपाधि चञ्चल शाही ठाकुरी मिस्टर इको इन्टरनेशनल नेपाल २०२६ घोषित हुँदै सुइरो मेन्स वेयर मोस्ट स्टाइलिस तथा जास्मिन फिटनेस मिस्टर फिजिक उपाधिसमेत जित्न सफल भए । विजेताहरूले आफ्ना सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।
कार्यक्रमका विशेष पुरस्कार अन्तर्गत विजय विक्रम थापाले एभेन्टोज मिस्टर पपुलर तथा क्रिएटिभ डी स्टुडियो मिस्टर फोटोजेनिक जिते भने प्रणव कट्टेल आइआइएफटी म्यानहण्ट मेल सुपरमोडेल घोषित भए । गगन रोकायाले मोल टोल मिस्टर फ्रेन्डसिप तथा दिवस मगरले अल्टिमा लाइफस्टाइल मिस्टर ट्यालेन्ट उपाधि प्राप्त गरे ।
कार्यक्रमको पेजेन्ट कोरियोग्राफी तथा सम्पूर्ण शो निर्देशन वरिष्ठ फेसन कोरियोग्राफर अनुप सक्सेनाले गरेका थिए । यसका साथै स्टेज प्रस्तुति तथा सञ्चारसम्बन्धी मार्गदर्शन फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले गरेको थिए ।


परिचय चरणबाट सुरु भएको प्रतियोगितामा प्रतियोगीहरूले इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी नेपाल (आइआइएफटी) का चौध जना प्रतिभाशाली विद्यार्थी डिजाइनरहरूले तयार पारेका सिर्जनात्मक पोशाक प्रस्तुत गरेका थिए । त्यसपछि सुइरो मेन्स वेयरको रेडी–टु–वेयर कलेक्सन, रुलएक्स नाइनको बडी–फिट वेयर तथा एम्पायर कलेक्सनका आकर्षक टक्सेडो डिजाइनहरू प्रस्तुत गरिएको थियो । कार्यक्रम ग्रुप अफ इभेन्ट इन्टरटेनर्स (जि.ई.ई.) द्वारा आयोजित कार्यक्रम काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको थियो ।
प्रतियोगिताको मूल्याङ्कन निर्णायक मिस्टर इन्टरनेशनल नेपाल २०२४ दिलिप नेपाली, म्यानहण्ट इन्टरनेशनल नेपाल २०२४ अभिनव थापा, जनस्वास्थ्य विशेषज्ञ डा. समीर मणि दीक्षित, आतिथ्य व्यवसायी रोमी आर्याल, इभाना मानन्धर तथा वरिष्ठ फेसन तथा पेजेन्ट कोरियोग्राफर रचना गुरुङ शर्मा रहेका थिए । 

 Image