मिस युनिभर्स नेपाल २०२३ का २२ अन्तिम प्रतिस्पर्धी सार्वजनिक
‘मिस युनिभर्स नेपाल २०२३’ को फाइनल भदौं २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए । 
                             
                             
               
              
सञ्चिता शाही, मोडल 
मोडलिङ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सानैदेखि मलाई नाच्ने रहर थियो । नाच्ने क्रममा म मोडलिङतर्फ पनि आकर्षित भएँ । म लोकगीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुँ । विगत छवर्षदेखि यही क्षेत्रमा सक्रिय छु । 
हालसम्म कतिवटा गीतमा मोडलिङ गर्नुभयो ?
मैले धेरै गीतमा मोडलिङ गरिसकेकी छु । विशेषगरी लोकगीत र आधुनिक गीतमा गरेकी छु । मेरो औंठी सुनैको, अन्धोपन, कलियुग आदि गीतहरू लोकप्रिय छन् । 
मोडलिङबाहेक अरु केमा रुचि छ ?
पहिलो प्राथमिकता मेरो मोडलिङ नै हो । यसबाहेक मलाई पार्लर, बुटिकमा पनि रुचि छ । 
यो क्षेत्रमा आर्थिक रूपमा सबल बन्न सकिन्छ ?
पहिलेको  समयमा सीमित कलाकार थिए । काम पाउन सहज थियो । अहिले कलाकारबीच  प्रतिस्पर्धा छ । त्यसैले काम पाउन र आम्दानी गर्न त्यति सहज छैन । 
चलचित्रमा खेल्ने इच्छा छ कि छैन?
इच्छा  छ । एउटा चलचित्र प्रेमवाणी अभिनय गरें । त्यो रिलिज भएन । अहिले नेचुलर  क्यारेक्टरको रोल पाएँ । चलचित्रमा प्रवेश गर्ने सोच छ । 
