मेकअपका लागि विदेशी प्रोडक्ट प्रयोग गर्छु

नारी संवाददाता

श्रावण ३२, २०७६ सोफिया श्रेष्ठ, मोडल 

पहिरन 

गायक धीरज राईको इन्द्रजाल गीतमार्फत मोडलिङमा प्रवेश गरेकी सोफिया श्रेष्ठ आफूलाई फेसन कन्सस बताउँछिन् । मोडलिङमा आएपछि फेसनप्रति सबैको चासो बढ्ने भएकाले पनि उनलाई फेसन कन्सस हुन अनिवार्यजस्तै लाग्न थालेको छ । श्रेष्ठ समय एवं इभेन्टअनुसार आफूलाई सजाउँछिन् । उनी पार्टी तथा इभेन्टहरूमा कुर्ता, साडी वा गाउन प्रयोग गर्छिन् । दसैं–तिहारजस्ता चाडपर्वमा भने उनी परम्परागत पहिरनमै जोड दिन्छिन् । क्याजुअलमा उनी हरेक प्रकारका पहिरन लगाउँछिन् । डार्क कलरको पहिरन आफूलाई सुहाउने हुनाले र अरूले पनि यही कलरमा राम्रो देखिएको प्रतिक्रिया दिने हुनाले उनको रोजाइमा डार्क कलरका पहिरन नै पर्छन् । 

मेकअप 

श्रेष्ठ मेकअपका लागि विदेशी प्रोडक्ट नै प्रयोग गर्छिन् । उनीसँग विदेशी शृंगार प्रसाधनको राम्रो कलेक्सन छ । सोफिया भन्छिन्–मेकअपका लागि विदेश जाँदा एकैपटक आवश्यक मात्रामा सपिङ गर्छु । उनी बाहिर निस्कदा भारी मेकअप गर्दिनन् भने क्याजुअल मेकअपमा सनक्रिम, आइलाइनर र लिपिस्टिक कहिल्यै छुटाउँदिनन् । अरु बेला भने उनी इभेन्टअनुसार मेकअप गर्छिन् । फेसन शो तथा फोटो सुटका लागि आवश्यक मात्रामा मेकअप गर्छिन् । श्रेष्ठ पहिरनअनुसार हेयर स्टाइल परिवर्तन गर्न पनि पछि पर्दिनन् । उनलाई केश खुल्ला छोडेर हिँड्न सहज लाग्छ ।

 

एसेसरिज 

श्रेष्ठ एसेसरिजमा निकै रुचि राख्छिन् । घडी उनको पहिलो प्राथमिकतामा हुन्छ । सोफिया राडो तथा गुच्ची ब्रान्डका घडी लगाउँछिन् । सनग्लास तथा इयररिङ पनि त्यत्तिकै मन पर्ने उनले बताइन् ।  

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>