Successfully Copied

संसारमा असम्भव भन्ने केही छैन

तौल कम गर्न प्रयोग गरिने औषधि निरन्तर सेवन गरिरहने हो र व्यायाम, फिटनेस तथा एक्सरसाइजमा ध्यान दिने हो भने परिणाममुखी एवं लाभदायक हुनसक्छन् तर यस्ता चीज हर्बलयुक्त हुनुपर्छ । यस्ता सप्लिमेन्ट्स र भिटामिन प्रयोगका बखत धूम्रपान एवं मद्यपानबाट टाढै रहनुपर्छ ।

सास्ता राणा शाह

फिटनेस ट्रेनर तथा निर्देशक फिटस्टेप

तौल कम गर्न प्रयोग गरिने औषधि शरीरका लागि कति परिणामयुक्त वा हानिकारक हुन्छन् ?

तौल कम गर्न प्रयोग गरिने औषधि निरन्तर सेवन गरिरहने हो र व्यायाम, फिटनेस तथा एक्सरसाइजमा ध्यान दिने हो भने परिणाममुखी एवं लाभदायक हुनसक्छन् तर यस्ता चीज हर्बलयुक्त हुनुपर्छ । यस्ता सप्लिमेन्ट्स र भिटामिन प्रयोगका बखत धूम्रपान एवं मद्यपानबाट टाढै रहनुपर्छ । विनाऔषधि एक्सरसाइज र सन्तुलित आहारको सहयोगमा ६ महिनामा ३० केजी तौल घटाउने मै हुँ । तसर्थ यी चीजले मात्र तौल घट्ने होइन, यद्यपि सहयोगीसिद्ध भने हुनसक्छन् ।

 फिजिकल्ली फिट रहन तपाईंको सूत्र ?

फिटनेस दुई दिनको रहर मात्र होइन यसलाई लाइफ स्टाइल बनाऔं । 

 फिटनेस ज्ञान अप टु डेटका लागि के गर्नुहुन्छ ?

म एफपिए (अमेरिकन फिटनेस प्रोफेसनल्स एसोसियसन) तथा बीच बडी अमेरिकाको सर्टिफाइड ट्रेनर हुँ । यिनै संस्थाहरूले साप्ताहिक रूपमा अनलाइन कक्षा चलाइरहेका हुन्छन् जुन पैसा तिरेर पढ्नुपर्छ । त्यसबाहेक वर्षको दुईपटक म फिटनेससम्बन्धी विभिन्न कार्यशाला, सेमिनार तथा कम्फरेन्समा सहभागी हुन अमेरिका जान्छु । त्यहाँ मैले नयाँ प्रविधि, नयाँ तरिका र संसारभर यो क्षेत्रमा भैरहेका पछिल्ला गतिविधिका बारेमा जान्ने, बुझ्ने र त्यसलाई यहाँ ल्याएर प्रयोग गर्ने अवसर प्राप्त गरेकी छु । 

 आकर्षक र फिट बडीका लागि साथमा बोक्नैपर्ने केही सामग्री ?

पानी, ड्राई नट्स, पिस्ता, किसमिस र काजुबाहेकका अन्य ड्राई फ्रुट्स, कडा शारीरिक परिश्रम गर्नेहरूका लागि केही कार्बोहाइड्रेडयुक्त खानेकुरा तथा फलफूल । 

 आफ्नो शरीर देखेर दिक्क भएर आएका निराश कस्टमरलाई कसरी सकारात्मक हुन सुझाउनुहुन्छ ?

म आफ्नै उदाहरण दिन्छु । यो संसारमा असम्भव भन्ने केही छैन । केवल दृढ इच्छाशक्ति र त्यसप्रति रुचि चाहिन्छ भनेर सम्झाउँछु । मेरो काउन्सिलिङले ९० प्रतिशतभन्दा बढीलाई काम गरेको छ । 

 Image