पोखराका सेलिब्रेटी स्टार
हरेक व्यक्तिको हातमै मिडिया भएका कारण प्रत्येकले आफ्नो कला तत्काल पस्किने ठाउँ पाएका छन् । क्षमतावान् मान्छेका लागि सोसल र डिजिटल मिडिया सहयोगी भइदिएको छ ।
नेपाली नारीहरु महान पर्व हरितालिका तीज नजिकिदै गर्दा विभिन्न प्रकारका तीज गीतहरु सार्वजनिक भैरहेका छन् । यहि बीचमा लोकगायक तथा निर्देशक नारायण रायमाझीले मार्मिक तिज गीत सार्वजनिक गरेका छन् । ‘हे मेरी आमा’ बोलको गीतमा देवी घर्तीको स्वर रहेको छ । गीतमा बिबि अनरागीको संगीत संयोजन रहेको छ ।
परदेशीएका श्रीमान, रोगी सासु–ससुरा अनि घर व्यवहारको जिम्मेवारीले थिचिएकी एक बुहारीले तिजमा माइत जान नपाउँदाको पीडालाई गीतले व्यक्त गरेको छ । रमेश बिजीका शब्द तथा लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको गीत निक्कै मार्मिक बनेको छ ।
म्यूजिक भिडियोमा अनुष्का अधिकारीको अभिनय गरेकी छिन् । उनका साथमा हिउँवाला गौतम, रमेश के.सी. मट्टारे, अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
म्यूजिक भिडियो निर्देशन नारायण रायमाझीले गरेका हुन् । भिडियोमा छायांकन र सम्पादन तथा कलर मिराज अर्यालले गरेका छन् । रिमा इन्टरटेन्टमेन्ट नेपालको यूट्यूव च्यानलमा गीत सार्वजनिक भएको हो ।
गीतको म्यूजिक भिडियो :