Successfully Copied

सुजलको सफलता

सुजल बम कान सुन्दिनन् । उनी बोल्न पनि सक्दिनन् । तर, उनले एक गीतको म्यूजिक भिडियोमा दमदार अभिनय गरेकी छिन् । यसै साता राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको उनी अभिनीत गीतको म्यूजिक भिडियो अहिले निक्कै चर्चामा छ । उनी अभिनीत

सुजल बम कान सुन्दिनन् । उनी बोल्न पनि सक्दिनन् । तर, उनले एक गीतको म्यूजिक भिडियोमा दमदार अभिनय गरेकी छिन् । यसै साता राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको उनी अभिनीत गीतको म्यूजिक भिडियो अहिले निक्कै चर्चामा छ । उनी अभिनीत गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा उनलाई हेर्ने दर्शकको ठूलो भिड लागेको थियो । 

सुजल अभिनीत ‘झिमझिम परेली’बोलको गीतका लागि उनको नाम ‘एभरेष्ट वर्ल्ड रेकर्ड’मा लेखिएको छ । गीतकार डीआर उपाध्यायको शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा सुजलले अभिनय गरेकी हुन् । बहिरा कलाकारले व्यवसायिक रुपमा अभिनय गरेको गीतको भिडियो विश्वमानै पहिलो भएको भन्दै ‘एभरेष्ट वर्ल्ड रेकर्ड’ मा सुजलको नाम लेखिएको हो । उनलाई एभरेष्ट वर्ल्ड रेकर्डका मथुरा श्रेष्ठले रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । गीत कविता सिवाकोटीले गाएकी हुन् । योसँगै कलाकार बमले संसारमा असंभव केही छैन भन्ने प्रमाणित गरेकी छिन् । 

कलाकार सुजललाई म्यूजिक भिडियोमा कुशल रुपमा प्रस्तुत गर्ने काम भने निर्देशक वसन्त सापकोटाले गरेका हुन् । म्यूजिक भिडियोमा माइकल चन्दको नृत्य निर्देशन, अर्जुन सापकोटाको छायाँकन, सिलोन लम्सालको सम्पादन रहेको छ । गीतको म्यूजिक भिडियोमा कलाकार बमलाई नारायण आचार्य ‘हृयाप्पी’ले अभिनयमा साथ दिएका छन् । 

नेपाली साङ्गीतिक तथा साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई सम्मान गरिएको छ । मिलाप मासिकले डा. उपाध्यायलाई ‘मिलाप सम्मान’ प्रदान गरिएको हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, मिलापका प्रकाशक तथा सम्पादक कृष्ण भुसाल र कार्यकारी सम्पादक गीता अधिकारीले उपाध्यायलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

गीतको म्यूजिक भिडियो :

 

 Image