Successfully Copied

सफलताका लागि धैर्य र  निरन्तरता जरुरी 

सानैदेखि आफ्नै काम गर्नुपर्छ भनेर सोच राख्ने कृपा श्रेष्ठले ११ कक्षामा पढ्दा नै कम्पनी दर्ता गरी काम काम गर्न थालिन् । प्लस टु पछि १–२ जना साथीहरूबाहेक सबै जना विदेश पढ्न गए । सम्भवतः कृपाले त्यतिबेला काम नगरेकी भए उनी पनि साथीहरूजस्तै बिदेसिन्थिन् होला तर

सानैदेखि आफ्नै काम गर्नुपर्छ भनेर सोच राख्ने कृपा श्रेष्ठले ११ कक्षामा पढ्दा नै कम्पनी दर्ता गरी काम काम गर्न थालिन् । प्लस टु पछि १–२ जना साथीहरूबाहेक सबै जना विदेश पढ्न गए । सम्भवतः कृपाले त्यतिबेला काम नगरेकी भए उनी पनि साथीहरूजस्तै बिदेसिन्थिन् होला तर आफ्नै व्यवसाय सुरु गरिसकेकाले उनी त्यो मोहमा परिनन् । उनका बुवाको प्रेसको छुट्टै व्यवसाय थियो तर कृपालाई पारिवारिक काममा संलग्न हुन मन लागेन । जे गर्छु, आफै गर्छु भन्ने उनको स्वभाव नै उनको सफलताको रहस्य हो । बुवाको निधन भएपछि भने उनी दुवै व्यवसायलाई मर्ज गर्न बाध्य भइन् ।

सानो उमेरमै धेरै जिम्मेवारी बहन गर्नुपर्‍यो । कृपाको सप्लाई सपोर्टले अमेरिका, जर्मन, अस्ट्रेलिया, फ्रान्स, जापानमा आफ्ना उत्पादन निर्यात गर्छ । सप्लाई सपोर्टको टिसर्ट र क्याप बढी रुचाइन्छ भने मग, बोतल, ब्याग, हुडी, मफलर, खादा आदि सामान स्वदेश तथा विदेश दुबैतिर रुचाइन्छ । उनी मुख्यतः आफ्नो सामानको गुणस्तर तथा युनिक पिसका लागि लागिपर्छिन् । अहिले उनले ५० जना युवालाई काम दिइरहेकी छिन् । एक दशकको अनुभवमा उनले ग्राहकको माया र विश्वास बटुलेकी छिन् ।

आफ्नो देशमा जस्तो काम गर्न सजिलो अरु देशमा हुँदैन भन्दै कृपा भन्छिन्–यहाँ धेरै आराम छ, बाहिर सेकेन्ड–सेकेन्डको गणना गरी काम गर्नुपर्छ । म आफै काम गरिरहेकीले होला म अरुको अन्डरमा बसेर काम गर्ने सक्दिन । नेपालमा बजार सानो भएकाले पनि काम गर्न सजिलो छ । म विदेशमा बसेका साथीहरूलाई नियाल्छु, मेसिनजस्तै जिन्दगी, यहाँ त परिवारसँगै बसेर आरामसँग काम गर्ने वातावरण छ तर मेहनत भने गर्नुपर्छ । कामै नगरी नेपालमा केही छैन भन्नु गलत हो ।

नेपालमा के–कस्ता स्कोप छन्

सुन्तला, एलोबेरा, अमला, हर्बस, रिठा आदि हर्बलहरूका ब्युटी प्रोडक्ट क्वालिटी मेन्टेन गरेर लो भोलुममा बनाउन सकिन्छ । अहिले सबैले अर्गानिक र हर्बल सामग्री खोज्छन् । त्यस्तै बेड एन्ड ब्रेकफास्टलगायत धेरै कुरा छन् । टेक्निक भयो र मेहनत गर्‍यो भने जे पनि चल्छ । बजार सानो छ तर मार्केट लिन सजिलो छ । नेपालमा मेहनतै नगरी क्लिकका भरमा रिजल्ट खोज्छन् । व्यापार व्यवसायमा धैर्य चाहिन्छ । सफलताका लागि निरन्तरता जरुरी छ ।

 Image