Successfully Copied

फिक्कलमाथि कला सृजना

ताप्लेजुङदेखि कास्कीसम्मका हिम शृङ्खलाको ‘पानोरमा भ्यु’ देख्न सकिने सिन्धुली जिल्लाको फिक्कल टाकुराको प्रवद्र्धन गरी पर्यटक भित्राउने उद्देश्यसहित ‘फिक्कल कला शिविर–२०७५’ सम्पन्न भएको छ ।

ताप्लेजुङदेखि कास्कीसम्मका हिम शृङ्खलाको ‘पानोरमा भ्यु’ देख्न सकिने सिन्धुली जिल्लाको फिक्कल टाकुराको प्रवद्र्धन गरी पर्यटक भित्राउने उद्देश्यसहित ‘फिक्कल कला शिविर–२०७५’ सम्पन्न भएको छ ।

फिक्कल गाउँपालिकाद्वारा आयोजित उक्त कला शिविरमा कलाकारहरूले गाउँगाउँ घुम्दै सुनकोसी जलयात्रा, जनजीवन तथा भूदृश्यका साथै फिक्कलबाट देखिने हिमालय शृङ्खलाका २३ वटा चित्र तयार पारेका थिए । चित्रकलामा हिमाल पछ्याउँदै आएका कलाकार अंशुराम खाइजूले फिक्कलको टाकुरा चढेपछि आश्चर्यचकित हुँदै भने–एउटै ठाउँबाट यति धेरै हिमाल हेर्न पाइने यस्तो ठाउँ पुगेको थिइनँ ।

उक्त छ दिने ‘फिक्कल कला शिविर’ मा छ जना कलाकारको सहभागिता थियो । फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारका अनुसार–कला शिविरमा अंशुराम खाइजू, म¨ल प्रजापति, सुरेम देसार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन तथा अनिल खड्काको सहभागिता थियो । 

उपाध्यक्ष सुनुवारले फिक्कलको पर्यटकीय विशेषताको खोजी एवं प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कला शिविरको आयोजना गरिएको जानकारी दिइन् । सुनुवारले फिक्कलको पर्यटकीय विकासमा प्याराग्लाइडिङ, जलयात्रा, पूर्वदेखि पश्चिमसम्मका हिमालको दृश्यावलोकन, जडीबुटी एवं कृषिलाई जोड्दै अघि बढ्न सकिने सम्भावना रहेको बताएकी छिन् ।

पर्यटन प्रवद्र्धनमा तस्बिर एवं चित्रकलाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उपाध्यक्ष सुनुवारले भनिन्–‘कला शिविरमा तयार भएका चित्रकला एवं तस्बिरलाई राजधानीसहित देश–विदेशमा लगेर प्रदर्शन गर्छौं । यसले फिक्कलको पर्यटन प्रवद्र्धनमा पक्कै सहयोग पु¥याउनेछ ।’

फिक्कलको पर्यटन प्रवद्र्धनका लागि सात तले ‘भ्यु टावर’ निर्माणको क्रममा छ । २०६८ सालमा निर्माण थालिएको उक्त टावरका लागि गाउ“पालिकाकाले दुई वर्षगरी ७० लाख रुपिया“ विनियोजन गरिसकेको छ । फिक्कल विकास संस्थाका अध्यक्ष प्रेम थापाका अनुसार आगामी छ महिनाभित्र फिक्कलमा सात तले टावरको निर्माण सम्पन्न हुनेछ । त्यसपछि हिमाल अझ राम्रोस“ग हेर्न सकिनेछ ।’

कला शिविरमा तयार पारिएका चित्रहरू प्रथम फिक्कल महोत्सव, २०७५ मा प्रदर्शनीका लागि राखिएको थियो । उक्त महोत्सव माघ ७ गतेसम्म चलेको थियो । महोत्सवकी संयोजक उपाध्यक्ष सुनुवारका अनुसार, समुद्री सतहबाट २ हजार ३ सय ६८ मिटर उचाइमा रहेको फिक्कल टाकुराबाट सगरमाथा, कञ्चनजंघा, मकालुलगायतका टाकुरा अवलोकन गर्न सकिन्छ । 

फिक्कल गाउँपालिकाका सदस्य चेतबहादुर विश्वकर्माका अनुसार, कला शिविरमा तयार फिक्कल झल्कने चित्रकला फिक्कल महोत्सवको प्रमुख आकर्षण साबित भएका थिए । सगरमाथालाई आमने–सामने देख्न सकिने फिक्कलको पर्यटन प्रवद्र्धनका लागि कला शिविरको आयोजना गरिएको जानकारी दिँदै उपाध्यक्ष सुनुवारले भनिन्– ‘आकाश खुलेका बेला तराईका भूभागसमेत स्पष्ट देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको लोन्ली भ्यु गज्जबको देखिन्छ ।’

 Image