विश्व फोटोग्राफी दिवसमा विविध कार्यक्रम
‘नेपालका विशिष्ठ महिला’ शीर्षकमा प्रदर्शन गरिएको तस्बिरमा राष्ट्रका लागि विविध क्षेत्रमा योगदान संघर्ष गरेर पहिचान बनाउन सफल नारीहरुको ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको थियो ।
बलिउड अभिनेत्री सोनम कपुरको पछिल्लो चलचित्र हो ‘एक लड्कीको देखा तो ऐसा लगा ।’ यतिखेर उनको चलचित्रको चर्चा पनि चलेकै छ । सोनम त्यतिमै सीमित छैनन् । उनी मीटू मुभमेन्टको विषयमा पनि आफ्नो धारण दिइरहन्छिन् ।
यसपटक भने उनको स्वर मीटू अभियन्तातिर पनि तेर्सिएको छ । पूर्व घटनालाई स्मरण गर्ने कामबाट मात्र कुनै प्रतिफल नआउने सोनमको टिप्पणी छ । सोनमले धेरै मेहनतबाट आएको मीटू अभियान सामाजिक सञ्जालमा स्मरणका रुपमा फैलिँदा त्यसको गाम्भीर्यता सकिँदै गएको बताएकी छिन् । सामाजिक न्यायसँग जोडिएको विषय हल्का रुपमा सामाजिक सञ्जालमा फैलिँदा परिणाममुखि हुन नसकेको उनको तर्क छ ।
‘यदि हामीले साँच्चै यो अभियानलाई अघि बढाउने हो भने आरोप, प्रत्यारोपका लेखमात्र होइन अझ बढी सम्बेदनशील र योजनावद्ध भएर काम गर्नुपर्छ,’ उनले भनिन्, ‘अझै पनि मिडियालाई यो अभियानको शक्ति कति छ पत्तो छैन ।’