‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।

कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौंको अन्तिम प्रतिस्पर्धाका लागि ५० जनालाई छनौट गरिएको छ । मिस हिमालय लिटल एन्जलको पहिलो संस्करणका लागि लिइएको अडिसनमा जम्मा ९२ जनाको सहभागीता रहेको थियो । अडिसन गत शुक्रबार इन्द्रेणी फुडल्यान्ड, महाराजगञ्जमा सम्पन्न भएको हो ।
प्रतियोगीतामा सामेल हुन आएका प्रतियोगीको गनिका गुरुङ, उज्वल प्याकुरेल, प्रवेश कर्माचार्य, लक्ष्मी शाही, रोजी गिरी, पल्पसा श्रेष्ठ र नारायण आचार्यले अडिसन लिएको प्रमुख इभेन्ट डाइरेक्टर आकृति राजभण्डारीले जानकारी दिईन् । छनौट भएका प्रतियोगीहरुलाई मंगलबारदेखि १५ दिनसम्म विभिन्न विषयका प्रशिक्षणमा समावेश गरिनेछ जस अन्तर्गत स्टेज प्रस्तुतिकरण, ब्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा समान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसन लगायतका कृयाकलापहरु रहनेछन् ।
मिस हिमालय लिटल एन्जल काठमाडौंको विजेताले नगद ५० हजार साथै फिलिपिन्समा हुने लिटल एण्ड टिन ग्ल्याम इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । विगतमा कर्पोरेट नाईट, मिस हिमालय नेपाल जस्ता इभेन्टहरु सफलतापूर्वक आयोजना गरिरसकेको कथा इभेन्टको यो मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९ पहिलो संस्करण हो ।