रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।

चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङजामा उपस्थित भइन् । प्रहरीले खोजी गरेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट आउनुका साथै प्रहरीले सम्पर्क गरेसँगै गायिका माझी आफ्ना श्रीमान सुन्दरमणि अधिकारीसहित प्रहरी कार्यालयमा आइतबार मध्यान्हमा पुगेकी हुन् ।
लोक गायिक माझी बेखवर रहेको समाचार कान्तिपुर दैनिक र कान्तिपुर साप्ताहिकमा आएपछि विभिन्न मिडियाले सोही समाचारलाई पलो गरेका थिए । समाचार आएसँगै प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।
एसपी लम्सालले आफूले माझीका श्रीमान् सुन्दरमणिलाई बिहीबार फोन गरेर विष्णु माझी आफै आउने वा तपाईंले ल्याउने भनेपछि सुन्दरमणि झस्केको बताए । लम्सालले सुन्दरमणिलाई यदि उनले नल्याए प्रहरीले ल्याउनु पर्ने अवस्था आउने भनेर कडा रुपमा प्रस्तुत हुनुपरेको जानकारी दिए ।
सुन्दरमणिले शुक्रबार र शनिबार आफू व्यस्त रहने भएकाले आइतबार आउने वचन दिएका र त्यसै अनुरुप सेतो रंगको ट्याक्सीमा आइतबार प्रहरी कार्यालयमा पुगेका थिए । उनीहरु सामान्य अवस्थामा प्रहरी कार्यालय भित्र प्रवेश गरेको बताइएको छ । प्रहरी कार्यालय आउादा विष्णुले भने अनुहार छोपेकी प्रत्यक्षदर्शीले बताएका छन् ।
विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रमुख जिल्ला अधिकारी निरौला, प्रहरी प्रमुख लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए । सुन्दरमणिसँगै बसेकी विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिएको लम्सालले बताए ।
यसअघि कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए । छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए । आफूहरुले अन्तरजातीय विवाह गरेका कारण छुटाउन खोजिएकाले बेखबर जस्तै हुनुपरेको सुन्दरमणिको भनाई थियो ।
‘विष्णुले आफू कम पढेको हुादा बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको जिकिर गरिन, साथै छलफलका क्रममा विष्णु र सुन्दरमणिले यस विषयमा मिडियालाई जवाफ दिन आवश्यक नभएको अभिव्यक्ति पनि दिए,’ लम्सालले भने ।
विष्णुले छलफलका बेला पनि मुखबाट मास्क नहटाएपछि प्रहरी प्रमुख लम्सालले मास्क र पछ्यौरा हटाउन लगाएको बताए । उनका अनुसार गायिका माझीको अनुहारमा कुनै चोट र खत थिएनन् । माझी र अधिकारीले पत्रकारसँग बोल्न नमानेको र कसैले केही सोध्दा वा फोटो खिच्न खोज्दा सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिएको प्रहरी प्रमुख लम्सालले बताए ।
विष्णुसँग परिवारका सदस्यहरुले सामूहिक रुपमा भेटघाट गरेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमा विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि आएका थिए ।