नेपाली सांगीतिक क्षेत्रमा कहलिएको नाम हो – रेखा शाह । एक समय प्राय जसो नेपालीले गुन्गुनाएको गीत हो सिमसिमे पानीमा । यहि गीतकी गायिका हुन् रेखा । उनै रेखाको आवाजमा नया गीत सार्वजनिक भएको छ ।
पछिल्लो पटक सार्वजनिक भएको उनको गीतको बोल हो– सइँ तमी । यो गीतमा दीपक शर्माको शब्द संगीत रहेको छ । सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।
उक्त गीतको म्यूजिक भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् । भिडियोमा फेरि एकपटक गौरव पहारी र मेनुका प्रधानलाई जोडीका रुपमा प्रस्तुत गरिएको छ । उज्वल जोशीको छायांकन रहेको भिडियोलाई नितिन चन्द र दिपेन बस्नेतले सम्पादन गरेका छन् ।
हामीसँग दुई थरीका उत्पादन छन् । एउटा सुगन्धित तेल (अन्य उत्पादनका लागि इन्पुटका रूपमा काम गर्छ) र अर्को उपभोग्य उत्पादन (सञ्चो, सञ्चो बाम, हिमालयन मसाज आयल, प्रोसेस्ड सिलाजित आदि) छन् । हाम्रा यी सबै उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुगिरहेका छन् ।