दिनमान गुर्मछान
माइतीघर मण्डलाबाट देब्रे लाग्दा न्यायका लागि आन्दोलन गरिरहेकी एक महिला नाबालकसहित सत्याग्रहमा थिइन् । उनी सडकमा पलेटी कसेकी थिइन् । नजिकै कालो ब्यानरमा ‘न्यायका लागि आवाज’ लेखिएको थियो । आन्दोलनरत महिलाका अनुहारमा कुनै भाव देखिँदैनथ्यो । रक्तअल्पता भएझैं पहेंलिएको निन्याउरो अनुहार देखेर अस्मिताको मनमा चिसो पस्यो । उनले आफ्नो गोडा कामेको महसुस गरिन् । ब्यानरमा लेखिएका अक्षर उनको आँखामा झलझली आइरहे । ‘न्याय’ शब्दसँग उनी दिनहुँजसो नजिकिएकी जो थिइन् । अझ उनी आफैं पनि एक पीडित महिला थिइन्, जो भर्खरै आफूमाथि बलात्कार भएको मुद्दाका लागि अदालतमा बयान दिएर फर्किएकी थिइन् ।
बयान दिएर फर्किंदासम्म उनीभित्रको आत्मबल बलियो थियो । उनका कानुनव्यवसायीले दिएको दिलासा र भरोसाले उनको आँट दह्रो भएको थियो । यसले उनलाई यो युद्धमा प्रतिरक्षाको काम गरेको थियो । अर्का कानुन व्यवसायीले गरेको अनावश्यकझैं लाग्ने प्रश्नले उनलाई बेलाबेला घोचेकै थियो । आफ्नो मान्छेलाई जिताउन कानुन व्यवसायीहरूले पीडितलाई कसरी पीडा हुनेगरी प्रश्न सोध्न सक्दा रहेछन् भन्ने उनलाई लागेको थियो । तर, उनले धेरै दिनपछि आफूलाई दरिलो बनाएर यो मुद्दा दर्ता गराएकीले पनि उनीभित्र अनायासै हिम्मत बढेको थियो । त्यसैले होला ती कानुन व्यवसायीको प्रश्नको सामना गर्न सकेकी थिइन् । अस्मितालाई यस्ता प्रश्न आउनसक्छन् भनेर उनकाकानुन व्यवसायीले पहिल्यै जानकारी गराएका थिए ।
जब उनले माइतीघर मण्डलामा नाबालकसहितकी महिलाको न्यायका लागि सत्याग्रह देखिन्, उनको मन भरङ्ग भएर आयो । लुला हुँदै गएका गोडा र शरीरले उनको आँटलाई मत्थर बनाउँदैलगेका थिए । बलात्कारबाट जन्मिएका सन्तान लिएर न्यायको ढोका चहारिरहेकी एउटी नारीको समाचार अस्मिताले बेलाबेला सुनेकी थिइन् । हो, उही महिला सत्याग्रहमा बसेकी जो थिइन् । उनको यो आँटलाई सलाम गर्न मन लाग्यो अस्मितालाई । नारी जागरणले उठाएको कदमलाई सम्मान गर्न मन लाग्यो ।
तर, यथार्थमा यहाँ नारी जति न्यायका लागि आँट बटुलेर लडेपनि न्याय नपाइने रहेछ भन्ने अनुमान उनले गर्न भ्याइसकेकी थिइन् । आजै उनका प्रतिवादीतर्फका कानुन व्यवसायीले सोधेका प्रश्नहरू सम्झेर उनी आगो बनेकी थिइन् ।
‘तपाईं प्रतिवादी भनिएका मानवसँग किन होटल जानुभयो ?’
‘तपाईं र प्रतिवादी भनिएकाको त प्रेम सम्बन्ध वा गहिरो चिनजान, हिमचिम छ अनि कसरी यो सम्बन्धमा बलात्कार हुन्छ ?’
‘तपाईंले प्रतिवादीलाई चरित्र हत्या गर्न यो झूटो आरोप लगाउनुभएको हो ?’
यस्ता प्रश्नले उनको हुर्मत लिइएको थियो । यसभन्दा पनि उदेकलाग्दो त त्यतिबेला भएको थियो जब कानुन व्यवसायीले उनकै चरित्रमाथि प्रतिप्रश्न गरे । प्रश्न उनको मुटुमा शूल बनेर घोचिएको थियो । अहिले सम्झिँदा पनि उनका आँखा रसाएझैं भइदिए ।
टेम्पो थापाथली हुँदै अगाडि बढ्नेक्रममा जाममा परेको थियो । अस्मिताका मनमा अनेक कुरा खेल्न थालेका थिए । यो युद्धमा एक्लो पनि हुनसक्छु भन्ने आशंका, भय उनीभित्र गडिसकेकै थियो । त्यसमाथि यो समाजको कुविचारको सामना अब कति खेप्नुपर्ने हो भन्ने पीडा छँदै थियो ।
त्यहीबेला मोबाइलको घण्टी बज्यो । उनको एकाग्रता अचानक खलबलियो अनि मोबाइलमा ध्यान एकत्रित गरिन् । मोबाइल स्क्रिनमा डिस्प्ले भइरहेको नम्बर देखेर उनी एकपटक झस्किन् । यो नम्बर उही प्रतिवादी पक्षको कानुन व्यवसायीको रहेछ, जसले बारम्बार अस्मितालाई सहमति गर्न घुमाउरो पारामा भनिरहन्थे ।
उनले भन्थे, ‘अस्मिता जी, तपाईंको केसमा कुनै दम छैन । तपाईंस“ग कुनै ठोस प्रमाण पनि छैन । त्यसैले तपाईंले यो केस हार्ने पक्का हो । मैले भनेको मान्नुहुन्छ भने सम्झौता गर्नुस् ।’
अहिले मोबाइलमा उनैले फोन गरेको देखेर उनीभित्र ज्वाला दन्केलाझैं भइरहेको थियो । आफू अन्यायमा परिरहेका बेला एक जना कानुन व्यवसायीले सम्झौता गर्न सल्लाह दिइरहेका थिए । यो सम्झेर पनि उनलाई औडाहा हुनथाल्यो । अनि मनमनै सोच्न थालिन्, के यो देशमा हामीजस्ता महिलाले न्याय पाउ“दैनौं?
कानुन व्यवसायीले बारम्बार फोन गरिरहे तर अस्मिताले फोन उठाइनन् । टेम्पुबाट ओर्लिंदासम्म पा“च पटक फोन आइसकेको थियो । उनी टेम्पोबाट ओर्लिएपछि उनका गोडा गह्रुङ्गा हुन थाले । टेम्पो चालकलाई भाडा तिरेर अघि बढ्दा अचानक उनका कानमा नमीठा शब्दहरू पर्न गए जसले उनलाई चसक्क बाण हानेझैं भयो ।
‘हेर न यो त्यही अस्मिता होइन, जसले तीन महिनापछि आफूलाई बलात्कार भयो भनेर आफ्नै प्रेमीलाई मुद्दा हालेकी ?’
‘त्यही हो । के कुरा मिलेन मुद्दा हाल्दिएछ । अचेल यहाँ यस्तै भइरहेछ ।’
अस्मिताको कानमा यस्तै शब्दहरू परे । यसभन्दा अरु उनले सुन्न चाहिनन् । सुन्न सकिने अवस्था पनि थिएन । यो मुद्दामामिलामा परेदेखि उनले यस्तै कुराको सामना गर्नुपरेको थियो । त्यसैले उनले आफूलाई दह्रो बनाउँदै कोठातिर लागिन् ।
आफ्नो कोठामा पुगेर ढोका ड्याम्म लगाइन् । अघि भर्खर सुनेका शब्दहरूले उनको आङ तातेको थियो । ओछ्यानमा थचक्क बसेर फतफताइन्, ‘हाम्रो इच्छाविपरीत के यी पुरुषहरूले जहिले जे मन लाग्यो त्यही गरिरहँदा हुने ? हामीले यसका विरुद्ध आवाज उठाउ“दा उल्टै हामी नराम्रो हुने ?’अचानक आक्रोश पोखिन् । यो आक्रोशको ज्वालाले उनको शरीर तातिएको भेउ पाइनन् । आफूलाई सम्हाल्न खोज्दै उनले टेबलमा रहेको पानीको गिलास उठाएर घटघटी पिइन् ।मोबाइलको घण्टी फेरि बज्न थाल्यो । उही परिचित नाम डिस्प्लेमा देखा प¥यो । यतिबेला उनले आफूलाई संयमित बनाउ“दै मोबाइल उठाएर स्क्रिनमा देखिएको हरियो बटन थिचिन् । ‘अस्मिता जी, तपाईंलाई पहिले पनि भनिसकेको छु । तपाईंको हकमा कुनै प्रमाण राम्रो छैन । त्यसैले बेलैमा सम्झौता गर्ने सल्लाह दिन्छु । तपाईं राम्रोस“ग बुझ्नुहुन्छ ।’ कानुन व्यवसायी उही पुरानै शैलीमा उही कुरा दोहो¥याइरहेका थिए । यतिबेला अस्मिताले हिम्मत जुटाइन् र जवाफमा भनिन्, ‘मेरो मुद्दा कमजोर छ भने तपाईं बारम्बार मलाई किन फोन गरिरहनुहुन्छ ? तपाईं आफ्नै बुताले जित्नुस्, तपाईंलाई शुभकामना छ ।’
‘एउटी नारीको भावनासँग खेल्ने काम नगर्नुस्’ यति भनेर अस्मिताले फोन काटिदिइन् । अस्मिताले यतिबेला मानवलाई सम्झिइन् । उही मानव जसलाई उसले मुद्दा दिएर थुनामा पु¥याएकी थिइन् । जसलाई तीन महिना पहिलेसम्म ऊ प्रेम गर्थिन् । मानव र अस्मिताबीच पहिलो भेट बागबजारको एउटा पसलमा भएको थियो । अस्मिता जुत्ता किन्न जुन पसलमा पसेकी थिइन् त्यही पसल मानवको थियो । त्यही दिन उनीहरूको चिनजान भएको थियो । त्यसपछि अस्मिता त्यही बाटो भएर हि“ड्दा मानव उनलाई बोलाइरहन्थ्यो । सन्चो÷ बिसन्चो सोधेर ऊ नजिकिन्थ्यो । कुरैकुरामा एकदिन मानवले अस्मितासँग उनको मोबाइल नम्बर माग्यो ।
त्यसपछि उनीहरूबीच दिनहुँजसो कुराकानी हुन थाल्यो । यसैबीच प्रेम बसिसकेको थियो । प्रेम दुई विपरीत लिङ्गीबीच समर्पण पनि हो । सायद उनीहरूले यही कुरालाई बुझिसकेका थिए । त्यसैले त दुवैबीच नजिकिँदो सम्मोहन थियो । तर, मानवले एकदिन अस्मिताको अस्मिता नै लुट्यो । अचानक मुसलधारे पानी पर्न थाल्यो । पानी र आकाश गर्जिएको आवाजले अस्मिताको एकाग्रता भङ्ग ग¥यो । हिजोआज उनको मन विरहमा त्यसैत्यसै एक्लिएको चरीझैं भएको छ । त्यसमाथि दुनिया“ले कुरा काटेको उनले पनि थाहा पाएकी थिइन् । जसले उनलाई घरिघरि कमजोर बनाउन खोज्थ्यो ।
उनले झ्यालबाहिर हेर्दै आँखा दर्किरहेको पानीमै पु¥याइन् । दर्केको पानीले उनलाई दिउँसो माइतीघर मण्डलामा देखेको ती आन्दोलनकारी महिलाको सम्झना आयो । यो झरीमा उनको आन्दोलन के भयो होला भनेर चुकचुकाइन् । भगवान्ले पनि हामी नारीलाई छल गर्छन् झैं लागेर आयो ।
आखिर मानवले पनि त उसलाई झुक्याएको थियो । जसलाई उनले विश्वास गरेको थियो उसैले घात ग¥यो । जोसँग विवाह गरेर जीवन सुम्पने विचार गरेकी थिइन् । उसैले अस्मितालाई यता न उताको बनाएको थियो । त्यसैकारण उनी नारी अस्मिताका लागि युद्ध गरिरहेकी थिइन् ।
तर, घरिघरि उनलाई यही समाजले दिएको अपशब्दको प्रहारले चोट लाग्ने गरेको छ । कुरा मिलुन्जेल प्रेम, नमिले बलात्कार भनेर उल्टै अस्मिताका कुरा काट्ने यहाँ धेरै थिए । जसको जानकारी उनलाई राम्रोसँग थियो । कतिले त उनलाई भने पनि, ‘प्रेमीसँग होटलसम्म किन गएकी ?’
यस्ता प्रश्नले भने अस्मितालाई पीडा दिने गरेका छन् । उनलाई राम्रोसँग थाहा थियो त्यसदिन ऊ मानवसँग जानु हुँदैनथ्यो होटलसम्म । तर, आफ्नै जन्मदिनको पाटी होटलमा राम्रोसँग मनाउने भनेर गरेको प्रस्ताव उनले कसरी टार्न सक्थिन् र ?
पाटी सकिएपछि उनले आफूलाई सम्हाल्न नसक्ने भएकी थिइन् । यस्तो हालतमा घरसम्म पुग्न नसक्ने भइन् । मानवले पु¥याइदिन्छु भन्दाभन्दै कतिबेला होटलको कोठामा पु¥यायो अस्मिताले पत्तै पाइनन् । भोलिपल्ट बिहान उनले थाहा पाइन्, मानवले उनलाई होटलको कोठामा राखेको रहेछ । उनको अस्मिता लुटिएको थियो । मानवले उनको विश्वासमाथि घात गरेको थियो ।
जब उनी ओछ्यानबाट ओर्लिन खोजिन् त्यतिबेला थाहा पाइन् कि उनको गोप्य अ¨मा घाउ भएको । पेट दुख्न थालेको । पीडाले उनी त्यही कक्रक्क परिन् । अनि बल्ल बुझिन् मानवले उनलाई राति जबरजस्ती नै गरेको रहेछ त्यो पनि बेहोसीमा । उफ्, अस्मिता त्यहीबेला घुँक्कघुँक्क रुन थालिन् ।
‘ह्या, केही भएको होइन । जाबो यति कुरामा तिमी नरोऊ’ मानवले उल्टै हप्काएझैं ग¥यो । यो सुनेर उनी झन् दुःखी भइन् ।
उसै त अस्मिता पीडाले छटपटाउन थालेकी थिइन् । उसैमाथि मानवको नमीठो बचनले वाल्ल परिन् । मनमा चसक्क घोच्न थाल्यो । प्रत्युत्तरमा अस्मिताले केही भनिनन् । उनी केही बोल्न सक्ने अवस्थामा थिइनन् । घरसम्म कसरी पुग्ने भन्ने चिन्तामात्र थियो ।
घरमा पुगेपछि अस्मिता एकोहोरो हुन पुगिन् । कसलाई के भन्ने, कसरी भन्ने सोचेरै दिन बिताइन् । निद्रा र भोक हराएको थियो । ज्यान कमजोर भइसेको थियो । उनको हालत देखेर घरका सबै आत्तिन थाले । एकदिन उनीमानवलाई सजाय दिनैपर्छ भनी सरासर प्रहरी चौकीमा पुगिन् । आफूमाथि बलात्कार भएको जाहेरी किटानीसहित दिइन् । ‘तिमीले यो मुद्दा फिर्ता लिनुपर्ने भयो । यस्तो मुद्दामा तिमीसँग राम्रो प्रमाण छैन । त्यसैले दुनियाँलाई हँसाएर केही फाइदा छैन’ अस्मितालाई उसैकी साथी सुप्रियाले भनिन् । ‘मलाई भएको पीडाको चोट तिमीलाई के थाहा ? मैले जित्छु÷जित्दिन थाहा छैन । तर, मैले आफूमाथि भएको अन्यायका लागि लड्न आवश्यक छ’ अस्मिता दह्री भइन् । ‘तिमीलाई थाहा छ तिम्रा बारेमा के–के कुरा गर्छन् ?×’‘मलाई मेरा बारेमा जेसुकै भनुन् त्यसको मतलब छैन’ अस्मिता अझै दृढ देखिइन् ।
क्यान्टिनमा खाजा खाँदा सुप्रिया र अस्मिताबीच यसैगरी कुराकानी भए । अफिसमा पनि खुसुरफुसुर गर्दै अस्मिताको कुरा काट्न थालिएको थियो । यो कुरा उनले राम्रोसँग बुझेकी थिइन् । तर, अब उनलाई यस्ता कुरासँग कुनै मतलब नै थिएन । उनलाई यतिमात्र थाहा थियो–आफ्नो आत्मालाई धोका दिनुहुन्न । उनले यो युद्धमा लड्ने आँट गरेकी थिइन् । ‘अदालतले मानवलाई धरौटीमा छाडेपछि पनि तिमीलाई जित्छु जस्तो लाग्छ ?’ सुप्रियाले सोधिन् । भर्खरै अदालतको बहसले अस्पष्ट प्रमाण पेस गरिएकाले मानवलाई धरौटीमा छाडेको थियो । अब ऊ खुल्ला रूपमा हि“ड्न पाउने भएको थियो । यो थाहा पाएरै सुप्रियाले सोधेकी थिइन् । ‘निहारिकाले मुद्दा जित्नेबेलामा सहमति गरेर त्यही केटासँग बिहे नै गरेको तिमीले थाहा पाएकै हौली’ सुप्रिया अझै गफिने मुडमा थिइन् ।
यतिबेलाअस्मितालाई उही माइतीघर मण्डलामा सत्याग्रहमा होमिने चेतावनीसहित आन्दोलनरत ती महिलाको सम्झना आयो । अनि मनमनै सोच्न थालिन्, के हामी महिलाले अब पनि न्याय नपाउने नै हौं ? ‘तिमीलाई थाहै छ, यो समाज हामी महिलाहरूलाई जसरी पनि दमन गरेर दोस्रो दर्जा दिन चाहन्छ । न्याय हाम्रालागि अन्धा भइदिन्छ ।’‘तर, म न्यायका लागि अन्तिमसम्म पनि लडिरहनेछु’ अस्मिताको मसिनो आवाज हावामा गुञ्जियो । यो समाज, समय र न्यायको आँखाले समेत उनलाई नंग्याएझैं लाग्न थालेको थियो । हिजो जुन आँट उनले सँगालेकी थिइन् त्यो कमजोर होलाझैं हुन्थ्यो । किनभने न त उनलाई यो समाजले साथ दियो न कानुनले । त्यसैले उनले आफू एक्लो भएको महसुस त उहिल्यै गरिसकेकी थिइन् । तर, उनलाई पक्कै पनि एकदिन न्याय पाउँछु भन्ने झिनो आश थियो ।
‘तिमीलाई दुःखी बनाउन चाहन्न । तर, तिमी एक्लो भएको हेर्न पनि म सक्दिन । त्यसैले भनेकी हुँ । यसलाई अन्यथा नलिनू’ सुप्रियाले भनिन् । सुप्रियाको कुराले अहिले खासै असर पु¥याएको थिएन । किनभने अस्मिताले केही समयदेखि बुझ्दै आएको कुरा नै उनले गरेकी थिइन् । त्यसैले उनले त्यति अनौठो मानिनन् । अन्ततः अस्मिताको न्यायको आशा तुहिएर गयो । उनले न्याय पाइनन् । अदालतले मानवलाई निर्दाेष मानिदियो । अस्मिता झूटो ठहरिइन् ।
भनिन्छ, ढोकाहरू बन्द भएपछि नयाँ ढोका निर्माण हुन्छ । बाटाहरू बन्द भए पनि कतै न कतै नयाँ बाटो भेटिन्छ । अस्मितालाई यस्तै लाग्यो । उनले अन्तिम पटक घरबाट निस्कँदा घरलाई नियालिन् । यस्तो लाग्थ्यो उनले अब यो घर फर्केर आउन पाउने हो कि पाउने होइन । उनको हेराइमा सायद यस्तै भाव झल्किन्थ्यो । उनीमनमनै बिदाइको हात हल्लाई सरासर घरबाट निस्किइन् । भोलिपल्ट समाचारमा पढ्न पाइयो–मानवको निर्मम हत्या गरी अस्मिताले आत्मसमर्पण गरेकी छिन् । अन्तिम पैmसला उनी आफैले पो गरिन् ।